×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026

सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने तयारी

१ असार २०७७

१ असार, काठमाडौँ ।
संघीय समाजवादी पार्टीमा सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने तयारी शुरु भएको छ।

संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमानेपछि जसपाले गिरीलाई हटाउने तयारी भएको हो। लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन्।

Advertisement
Advertisement

उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। सभामुखले गिरीको प्रस्ताव खारेज गरेका थिए। गिरीलाई सांसद पदबाट हटाउने र पार्टीको सदस्य समेत नरहने गरी कार्बाही गर्ने सोचमा समाजवादी पार्टी नेताहरु पुगेको एक नेताले बताए।

उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव मोरङमा भएकाले बुधबार काठमाडौँ फर्किएपछि मात्र बैठक बस्ने छ । यादवबाहेक काठमाडौँमा उपलब्ध नेताहरुको बैठकले कारबाहीबारे अनौपचारिक छलफल गरेको हो । नेपाली कांग्रेसबाट राजनीति थालेकी गिरी कुनै समय सद्भावना पार्टी (आनन्दीदेवी) को अध्यक्ष समेत बनिन्।

तर, पार्टी आधिकारिकताको विवादले लगातार क्षति भइरह्यो। नेपाल सद्भावना पार्टीका तत्कालीन अध्यक्ष बद्री मण्डल शाही कालको मन्त्रिमण्डलमा गएपछि फुट शुरु भएको थियो । निरन्तरको फुटकै कारण गिरी नेतृत्वमा पुग्न सफल भएकी थिइन्।

संस्थापक अध्यक्ष स्व।गजेन्द्रनारायण सिंह पत्नी आनन्दीदेवी सिंहलाई अध्यक्ष बनाएर पहिलो पटक भरतविमल यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी लगायतले सद्भावना पार्टी फुटाए । पार्टीको सुरुवातदेखिको चुनाव चिह्न हात यही पार्टीले पायो । नेपालमा पहिलोपटक औपचारिक रुपमा संघीयताको माग यही दलले गरेको थियो।

तर, यो दल पनि पटक पटक विभाजित भयो । सद्भावना नामपछि फुर्को जोडेर पार्टी खोलियो। यही क्रममा सरिता गिरी र राजेन्द्र महतोले आफ्नै अध्यक्षतामा दुई वटा सद्भावना बनाएपछि आधिकारिकता विवाद भएको थियो । २०७० सालमा सर्वोच्च अदालतले गिरी नेतृत्वको पार्टीलाई मान्यता दिएपछि चुनाव चिह्न हात उनैको दलले पायो।

उता अनिल झाले राजेन्द्र महत्वबाट छुट्टिएर संघीय सद्भावना पार्टी बनाएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा राजेन्द्र महतोको दलले ६ र अनिल झाको दलले एक सिट जित्दा गिरीको दल शून्य सिटमा पुग्यो। तर, उनले झाको पार्टीसँग एकीकरण गरेपछि हात चुनाव चिह्न उतै पुग्यो । झा अध्यक्ष र गिरी सहअध्यक्ष भए ।

गिरी अनिल झाको पार्टीबाट पनि बाहिरिइन् । २०७४ सालमा उनी उपेन्द्र यादवको दल संघीय समाजवादी फोरममा प्रवेश गरिन्। उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकृत भएपछि गिरीको राजनीति उठेको थियो।

Advertisement

संघीय समाजवादी पार्टीले गिरीलाई खसआर्य महिला कोटामा समानुपातिक सांसद बनाएको थियो।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top