×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

सरकारले तोके भन्दा सस्तो भाडामा ओमानबाट आए १ सय ६६ नेपाली

१ असार २०७७

१ असार, काठमाडौँ ।
कोरोनाको कहरका कारण समस्यमा परेका ओमानमा रहेका १ सय ६६ नेपाली आज स्वदेश आइपुगेका छन् । कोरानाको कारण समस्यामा परेका १६६ जना नेपाली सलाम एअरको विमानमार्फत स्वदेश फर्किएका हुन् । जहाजमा एउटा शव पनि ल्याइएको छ ।

समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ रहेको नेपाली दूतावासले सलाम एअरमार्फत स्वदेश पठाएको हो । सरकारले हिमालय र नेपाल एअरलाइन्समार्फत नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर सार्वजनिक गरे पनि त्यहाँ रहको नेपाली दूतावासले सरकारले तोकेको मूल्यभन्दा सस्तो भाडादरमा नेपालीलाई स्वदेश पठाएको हो ।

Advertisement
Advertisement

एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात ३६ हजार २ सय ६१ रुपैयाँ तोकिएको छ । यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो । सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ४४ हजार ६७३ रुपैयाँमा झारेको छ ।

Advertisement
Advertisement

ओमानबाट फर्कने सबै नेपालीको पीसीआर जाँच गराएरै पठाइएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् । पीसीआर जाँच गरेर फर्किएकाले उनीहरु सिधै होम क्वरेण्टीनमा जान पाउनेछन् । कतिपय नेपालीले आफैंले स्वदेश फर्कने टिकट काटेका छन् भने कतिपयलाई कम्पनीले टिकट काटिदिएको छ । दोस्रो उडान असार ४ गते हुँदैछ । यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कनेछन् । उनीहरुको सूची दूतावासले सार्वजनिक गरिसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top