अन्य दूतावासहरुले पनि ओमानस्थित नेपाली दूतावासबाट केही सिक्ने कि ?

योगेन्द्र योगी
२ असार, दोहा ।
प्राय खाडीमुलक लगायत मलेसियास्थित नेपाली दूताबासहरुले त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको गुनासो नसुनेको, दूताबासमा सम्पर्क गर्दा फोन नउठाउने गरेको समस्या सार्वजानिक भइरहेको बेला ओमानस्थित नेपाली दूताबासले भने एक सराहनीय काम गरेको छ ।

Advertisement

दूतावासले आफ्ना नागरिकलाई सरकारले तोकेको भाडादर भन्दा सस्तोमा नेपाल पठाएर ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले प्रशंसनीय काम गरेकी छिन् ।

तस्वीर: बिमानस्थल पुगेर स्वदेश फर्किन लागेका नेपालीहरुलाई बिदाई गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल

कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण पहिलो चार्टर उडानमार्फत् ओमानबाट १६६ यात्रु नेपाल फर्किसकेका छन् ।

Advertisement

उडान शुरु हुनुपूर्व यात्रामा संलग्न सम्पूणर् यात्रु तथा चालक दलका सदस्यहरुको कोभिड-१९ को पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो। विमानस्थलमा उपस्थित सम्पूणर् नेपालीहरुलाई राजदूत सर्मिला पराजुली ढकालले स्वदेश फिर्तीको लागि नमस्कार गर्दै उनीहरूको सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

Advertisement

यात्रुहरूले स्वदेश फर्कने अवसर जुटाइदिएकोमा राजदूत तथा समस्त दूतावास परिवारलाई धन्यवाद दिएका थिए । दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् शुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको कार्यको प्रशंसा गरेका थियो।

यसैगरी दोस्रो चार्टर उडान जुन १८ मा हुने गरी कार्य प्रक्रिया अगाडि बढाइएको छ। तसर्थ अन्य खाडी देशहरुबाट धमाधम उडान रद्द भैरहेको बेला ओमानस्थित नेपाली दूताबासले गरेको यो कार्यबाट अन्य देशमा रहेका नेपाली दूताबासहरुले पनि अब केहि सिक्ने कि ?

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top