वासिङ्टन डिसी, डल्लास, न्युयोर्क र सिकागोबाट अलपत्र नेपाली उद्धार गरिने

२ असार ७७, मंगलबार

२ असार, विराटनगर ।
अमेरिकाबाट पनि अलपत्र नेपालीको उद्यार हुने भएको छ ।

Advertisement

कतार एयरलाइन्स र टर्किस एयरलाइन्सले अलपत्र नेपालीलाई अमेरिकाबाट नेपाल ल्याउने भएका छन्। विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने सरकारको निर्णयअनुसार अमेरिकाबाट ल्याउने जिम्मा कतार एयरलाइन्स र टर्किस एयरलाइन्सले पाएका हुन्। यसअघि नेपाल एयरलाइन्स आफै लिन जानेसमेत चर्चा चलेको थियो।

अमेरिकास्थित नेपाली दुतावासका अनुसार त्यहाँका विभिन्न चार शहरबाट उद्धार उडान हुने छ। टर्किस एयरलाइन्स र कतार एयरलाइन्स दुवैले दुई–दुई उडान गर्नेछन्। कतार एयरलाइन्सले २३ जुनमा वासिङ्टन डिसी र २५ जुनमा डल्लासबाट उडान भर्ने छ।

Advertisement

यसैगरि टर्किस एयरलाइन्सले २३ जुनमा न्युयोर्क र २५ जुनमा सिकागोबाट उडान भर्ने छ। दुई वडा एयरलाइन्सको भाडादर भने फरक रहेको छ।

कतारले १५ सय ३७ अमेरिकी डलर अर्थात सोमबारको विदेशी विनिमय दरअनुसार एक लाख ८५ हजार ६ सय ८४ नेपाली रुपैयाँ र टर्किस एयरलाइन्सले १६ सय डलर अर्थात एक लाख ९३ हजार २ सय ९६ नेपाली रुपैयाँ भाडादर तोकेको छ। अमेरिका–नेपालको चार्टर्ड फ्लाइट भाडादरबारे सरकारले यसअघि निर्णय गरेको थिएन।

Advertisement

विदेशमा रहेका अलपत्र नेपालीलाई उद्धार गर्न सरकारले स्वदेशका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई जिम्मा दिएको छ भने केही विदेशी एयरलाइन्सले पनि जिम्मा पाएका छन्। त्यसका लागि सरकारले चार्टर्ड उडानको भाडादर तय गरेको छ। चार्टर्ड उडानको भाडा यात्रु स्वंयले तिर्नुपर्ने छ।

सरकारले विदेशबाट नेपालीको उद्धार हुने तालिका र भाडादर प्रकासित गरेपनि तालिकाअनुसार उद्धार हुन सकिरहेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top