कोभिड–१९ का कारण भारतमा एकै दिन २ हजारभन्दा बढीको मृत्यु

३ असार, एजेन्सी ।
भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो चोटि एकै दिन २ हजार जनाभन्दा बढीको मृत्यु भएको छ।

गएको २४ घण्टामा भारतमा २ हजार ३ जनाको मृत्यु भएको हो। भारतमा सङ्क्रमितको कुल सङ्ख्या ३ लाख ५४ हजार नाघेको छ। तीमध्ये ११ हजार ९०३ जनाको मृत्यु भएको र झन्डै १लाख ८७ हजार जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ।

भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा छ। अमेरिका, ब्रजिल, र रुसपछि भारतमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण देखिएको छ। अहिले भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ।

Advertisement

प्रतिबन्धहरू खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ। बुधवार प्रकाशित तथ्याङ्कममा अहिले भारतभरि १, लाख ५ हजार ५ सय भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ। महाराष्ट्र राज्यमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्।

त्यहाँ १ लाख १३ हजार भन्दा बढी मानिसमा कोभिड–१९ पुष्टि भएको छ। तीमध्ये ५ हजार ५३७ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ। अहिलेसम्म देशभरि ९०७ वटा प्रयोगशालाबाट ५९ लाखवटाभन्दा बढी परीक्षण गरिएको सरकारको भनाइ छ।(बीबीसी)

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top