जेठ ३० गते बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

५ असार, बाजुरा ।
जेठ ३० गते बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए । उनी दमको बिरामी रहेको मेयर बडुवालले बताए ।

आत्महत्यापछि उनको शवलाई क्वारेन्टिनभन्दा केही तल खोला नजिक व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराइले बताए । आत्महत्या भए पनि कोरोना हुन सक्छ भन्ने आशंकामा पुरै प्रकृया पूरा गरेर शवको व्यवस्थापन गरेको उनले बताए ।

बाजुराको बडिमालिका नगरपालिका–२ माझिगाउँका ४५ वर्षीय पुरुषले बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका थिए । उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको बडुवालले बताए ।

Advertisement

बडुवालले भने–‘आर्थिक अवस्था निकै कमजोर थियो,गरिबीकै कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छौँ । तर, यकिन कारण अझै खुलेको छैन ।’

अहिले उनको परिवारका सदस्यहरु क्वारेन्टिनमै बसिरहेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top