भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

५ असार, तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका ७ बाट १ थान भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरिएको छ ।

स्थानीय २२ बर्षीय लाल बाहदुर तामाङले आफ्नै घरमा अबैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा आज बिहान पौने १० बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले १ थान भरुवा बन्दुक सहित तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.