साउदीबाट अवैधानिक नेपालीलाई स्वदेश फर्काउने प्रकृया सुरु

योगेन्द्र योगी
८ असार, दोहा ।

Advertisement

साउदीले आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउने प्रकृया सुरु गरेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आवश्यक वहिर्गमन भिसा (एक्जिट भिसा) सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीषा प्रदान गर्ने प्रकृयाको थालनी सुरु गरेको जनाएको छ ।

Advertisement

वहिर्गमन भिसाका लागि दूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया क्रमशः शुरु भैरहेको दूतावासले जनाएको छ ।

यो प्रकृयो थालनी स्वरुप सरकारले हालसम्म ७४ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको छ । यसरी भिसा लागेकाहरु भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने छ भने स्वदेश फर्कने उडान र मितिको बारेमा चाँडै जानकारी गराइने दूतावासले जनाएको छ ।

Advertisement

साथै, बहिर्गमन भिसाका लागि आवेदन दिएका र दिन बाँकी रहेकाहरुका लागि समय समयमा सूचना जारी गरी जानकारी गराइने समेत दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top