कतारमा नीजि अस्पताललाई पनि कोरोना परीक्षण गर्ने अनुमति

योगेन्द्र योगी
८ असार, दोहा ।
कतारमा नीजि स्वास्थ्य सस्थाले पनि पीसिआर विधिबाट कोरोना परीक्षण गर्न पाउने भएको छ । कतारको स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै नीजि स्वास्थ्य क्षेत्रलाई आवश्यक मापदण्ड पूरा गरि स्वाव संकलन गरेर हमाद मेडिकल कर्पोरेशन (एचएमसी) प्रयोगशालामा पठाउन पाउने भएको जनाएको छ ।

कोरोना भाइरस महामारीको सामना गर्न र नीजि स्वास्थ्य क्षेत्र संग साझेदारीलाई अझ सुदृढ पार्न नीजि स्वास्थ्य क्षेत्रलाई पनि स्वाव संकलनको अनुमति दिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको लक्षण भएका र श्वास फेर्न समस्या भएकाहरुको, भर्ना गर्नुपर्ने बिरामी र सर्जरी गर्नुपर्ने अवस्थाका बिरामी, स्वास्थ्यकर्मी, कोरोना देखिएका बिरामी संगै घुलमिल भएकाहरु, भाइरसको नेगेटिभ सर्टिफिकेट सहित कतार बाहिर जानपर्नेहरुलाई नीजि स्वास्थ्य संस्था मार्फत जाँच गर्न सकिने भएको छ ।

Advertisement

परीक्षण गर्दा नीजि क्लिनिक तथा अस्पतालले ५० रियाल भन्दा बढी शुल्क नलिन भने पनि वास्तविक शुल्क कति लाग्ने बारे केही खुलाएको छैन ।

कतारमा कोरोना संक्रमितको संख्या ८७ हजार ३ सय ६९ पुगेको छ । यो समाचार तयार पार्दासम्म ६८ हजार ३ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top