गृह जिल्ला पुगेका सांसद किराँती क्वारेन्टिनमा

७ असार ७७, सोमबार

८ असार, भोजपुर ।

भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह पुगेसँगै क्वारेन्टिनमा बसेका छन्।

काठमाडौँबाट भोजपुर पुगेका किराँती रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका छन्। भोजपुरका स्थानीय सरकारले बाहिरबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेकाले आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले बताए। उनले भने, “म शनिबारबाट गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टिनमा बसेको छु, क्वारेन्टिनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर त्यसलाई समाधानमा लागि पनि पहल गरिरहेको छु।”

Advertisement

पहुँचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्य रुपमा पालन गर्नुपर्नेसमेत किराँतीले बताए। “हामीमा पहुँचको आधारमा विभिन्न ढङ्गले सरकारले जारी गरेको नीति नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दो छ, यसले सर्वसाधारण जनता मारमा छन्, नियम सबैको लागि बराबर हुनुपर्छ, त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गर्दैछु”, उनले भने।

क्वारेन्टिनमा बसेर विभिन्न सुधारात्मक काम समेत गरेको सांसद किराँतीले बताए। अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनलाई व्यवस्थित बनाउनमा पहल गर्नेसमेत किराँतीको भनाइ छ।

Advertisement

सांसद किराँतीले भने, “काठमाडौँमा परीक्षण गरी सङ्क्रमणमुक्त भएको प्रमाणसहित गृहजिल्ला आए पनि वर्तमान प्रावधानअनुसार म क्वारेन्टिनमा बसेको हुँ, यो सबैले मान्न जरुरी छ, क्वारेन्टिनमा भौतिक दूरी कायम गर्दै स्थानीय सरोकारवाला, जनप्रतिनिधि, सर्वसाधारणसँग संवादसमेत गर्दै आएको छु, यसले पनि मलाई जिल्लाका विभिन्न समस्या बुझ्न सहयोग पुगेको छ ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top