×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हामीले कहिल्यै ट्रम्पलाई कोरोनाको परीक्षण कम गर्न सुझाव दिएका छैनौः अमेरिकी चिकित्सक

१० असार २०७७

१० असार, एजेन्सी ।
अमेरिकाका वरिष्ठ सरुवा रोग विज्ञ तथा कोरोना भाइरस टास्क फोर्सका शीर्ष अधिकारीले पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढी रहेको र यो अति चिन्ताको विषय रहेको सांसदहरुलाई बताएका छन् ।

केही राज्यमा अति तीव्र गतिमा संक्रमणका फैलिरहेको बताएका उनीहरुले यो अवस्था विचलित पार्ने खालको रहेको भन्दै सचेत गराए । डा. एन्थोनी फाउचीसहितको स्वास्थ्य अधिकारीहरुको टोलीले अबको केही दिन कोरोना भाइरसको नयाँ महामारी नियन्त्रणका लागि अति महत्वपूर्ण हुने बताएका छन् ।

लकडाउनसहितका उपायहरुमा छुट दिइएका बेला अमेरिकाका केही राज्यमा पछिल्ला दिनमा संक्रमण र गम्भीर बिरामी परेर अस्पताल भर्ना हुनेहरुको संख्या बढिरहेको छ । चार शीर्ष विज्ञले आफूहरुले कहिल्यै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको परीक्षण कम गर्न सुझाव नदिएको पनि बताएका छन् ।

गएको शनिबार राति ओक्लोहोमामा भएको चुनावी सभामा ट्रम्पले अमेरिकाले धेरै परीक्षण गरेकाले संक्रमण धेरैमा देखिएकाले सम्बन्धित अधिकारीहरुलाई परीक्षण कम गर्न भनेको बताएका थिए । सो विषयमा टिप्पणी गर्दै डा. फाउचीले भने, ‘मलाई थाहा भएसम्म, हामी कसैले पनि परीक्षण कम गर्न भनेका छैनौँ ।

वास्तवमा हाम्रो जोड बढी भन्दा बढी परीक्षण गर्नुमा रहेको छ ।’ डा. फाउची नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक हुन् । डा. फाउचीसहितको शीर्ष स्वास्थ्य अधिकारीको टोलीले महामारीमा अमेरिकाको कामबारे संसदीय समितिले गरिरहेको छानबिनका क्रममा बयान दिएका हुन् ।

डा. फाउचीका साथमा सुनुवाईमा सहभागी भएका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी), फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन ९एफडिए० र डिमार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्विसका प्रतिनिधिले पनि आफूहरुले राष्ट्रपति ट्रम्पलाई परीक्षण कम गर्ने सुझाव नदिएको बताए ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने परीक्षण कम गर्ने सम्बन्धी ट्रम्पको टिप्पणी ‘मजाक’ का रुपमा आएको बताएको छ । तर मंगलबार ट्रम्पले पत्रकारसँग आफूले कुनै पनि विषयमा मजाकमा कुरा नगर्ने बताएर राष्ट्रपति कार्यालयको बचाउ विपरित बोलेका छन् ।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट एक लाख २० हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top