स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कर्णाली अस्पताल सिल

९ असार ७७, बुधबार

१० असार, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा काममा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।

फरक फरक डिपार्टमेन्टमा काम गर्ने ४ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएकाले अस्पताल सिल गरिएको कर्णाली प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

गएराति नतिजा पोजेटिभ देखिएपछि पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, निर्देशक रावल सहित प्रतिष्ठानका कोभिड नियन्त्रण अभियानमा लागेका उच्चस्तरका स्वास्थ्यकर्मी र कर्मचारीहरुको बैठकले अस्पतालको ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement

ती कर्मचारीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आईसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ । एक हप्तादेखि १४ दिन निरन्तर काम गरिरहेका कर्मचारीहरुमा पोजेटिभ देखिएपछि अहिले अस्पताल क्षेत्रमा त्रास छाएको छ ।

यस्तै एकजना बुटवलका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

Advertisement

समुदायबाट नै सङ्क्रमण आएको हुन सक्ने निर्देशक डा. रावलको भनाइ छ । फरक फरक विभागका कर्मचारीमा कसरी सङ्क्रमण देखियो भन्नेबारे अनुसन्धान भैरहेको उनले बताए । अस्पतालमै काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोरोना पोजेटिभ देखिएपछि आज प्रतिष्ठानका काममा खटिएका सवैको स्वाब परीक्षणको तयारी गरिएको अस्पतालले जनाएको छ ।

यसअघि जुम्लाका कोरोना सङ्क्रमितमध्ये २५ जना निको भएर घर फिर्ता भइसकेका र ती जना अहिले पनि आईसोलेसनमा रहेका प्रतिष्ठानले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top