×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विरामीको कुरुवा बसेकी किशोरीलाई बलात्कार प्रयास गर्ने पक्राउ

१२ असार २०७७

१२ असार, विराटनगर ।
विराटनगरस्थित कोशी अस्पतालमा विरामीको कुरूवा बसेकी किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । किशोरीको जाहेरीको आधारमा प्रहरीले मोरङको कटहरी गाउँपालिका ७ का २८ वर्षीय सुरज मण्डललाई बुधबार पक्राउ गरेको हो ।

बुधबार बिहान करिब साढे ३ बजेको समयमा कोशी अस्पतालको फिमेल मेडिकल वार्डको २०२ नम्बर बेडमा सुतेको अवस्थामा एक्कासी आएर चुम्बन गरेको र बलात्कारको प्रयास गरेको किशाेरीले आरोप लगाएकी छिन् । खोटाङ घर भएकी ती किशोरीले दिएको जाहेरीमा फिमेल मेडिकल वार्डमा सुतिरहेको अवस्थामा आफ्नो ओठमा मण्डलले चुम्बन गरेको र उनले प्रतिकार गरेपछि मण्डल फरार भएको उल्लेख छ ।

Advertisement

ती किशोरीले दिदीको छोरी विरामी भएपछि कोशी अस्पतालमा कुरुवा बसेको बताएकी छिन् । किशोरीले प्रतिकार गर्दा होहल्ला गरेपछि अस्पतालबाट फरार भएका मण्डललाई अस्पतालका कर्मचारीले पहिचान गरेका थिए । पक्राउ परेका मण्डल अस्पतालमा दैनिकजसो आवतजावत गर्दै आएको बुझिएको छ ।

Advertisement

पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भईरहेकोे मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top