एक वर्ष सर्यो साफ च्याम्पियनसिप

१६ असार, काठमाडौं ।
१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ । कोरोना भाइरस कोभिड १९ का कारण खेलकुदका अधिकांश प्रतियोगितामा असर पर्दा साफ च्याम्पियनसि पनि अर्को वर्ष मात्र आयोजना हुने भएको हो ।

सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले कोरोना भाइरस (कोभिड १९)का कारण साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको जनाएको छ । साफ च्याम्पियनसिप यो वर्ष हुने पर्ने थियो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सदस्य सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवसँग सोमबार जुम मार्फत गरेको छलफलपछि प्रतियोगिता २०२१ का लागि सार्ने निर्णय गरेको हो ।

बैठकमा साफका जनरल सेक्रेटरी अन्वरुल हकको उपस्थिति रहेको थियो । यसै बैठकले साफ यू–१५ च्याम्पियनसिप, साफ यू–१५ साफ महिला च्याम्पियनशिप र साफ यू–१८ महिला च्याम्पियनसिप पनि स्थागित गर्ने निर्णय गरेको छ । उमेर समुहका प्रतियोगितामा भने थप छलफल हुने जनाईएको छ ।

यस अघि १३ औं संस्करणको साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने तय भएको थियो । बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको थियो । सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो । उक्त साफमा नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । माल्दिभ्सले नै त्यो संस्करण जितेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top