NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

नेपाल एयरलाइन्सले कसरी गर्दैछ नेपालीहरुको उद्धार ?

मङ्लबार असार १६ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
नेपाल एयरलाइन्सले कसरी गर्दैछ नेपालीहरुको उद्धार ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ असार, काठमाडौँ ।
नेपाल एयरलाइन्सले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्ने काम गरिराखेको छ । लकडाउन सुरु भएयता मंगलबार बिहान सम्म एयरलाइन्सले ६१ चार्टर्ड उडान मार्फत करिब १० हजार यात्रुलाई सेवा दिइसकेको छ । विमानमा यात्रा गर्दा कोभिड–१९ रोकथामका लागि अपनाइएको सुरक्षाका विधिहरु भने विश्वका अन्य एयरलाइन्सले अपनाएको भन्दा कम नभएको एयरलाइन्सले बताएको छ।

नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख.दीपु जुहारचनले कोरोना अपरेटिङ प्रोसिड्युअर बनाएर चार्टड उडानलाई व्यवस्थित गरिएको बताए । उनले यात्रुसँग सकेसम्म सम्पर्क कम होस भन्ने उद्देश्य अनुसार खाने कुरामा प्याक्ड सर्भिस उपलब्ध गराइएको जानकारी दिए । यस्तै विमान भित्र कुनैपनि यात्रुलाई कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखा परेमा तत्काल आइसेलेटेड गर्ने व्यवस्था विमान भित्रै गरिएको जुहारचनले बताए । उनले भने ‘कुनै प्यासेन्जरलाइई केही लक्षणहरु देखियो भने इनफ्लाइट म्यानेज गर्नेगरी इनफ्लाइट आइसोलेसन जोन पनि बनाएका छौं ।’ योसँग विमान भित्र केही समस्या भएमा तत्काल आइसोलेसनमा राख्ने र संक्रमणको जोखिम कमगर्ने मेजर्सहरु अपनाइएको उनले बताए । चालकदलका सदस्यहरुलाई घर जान नदिई होटल क्वारेनटाइनको व्यवस्था गरिएको समेत जुहारचनले बताए । उनले भने ‘उडान भरेपस्चात आफ्नो घरमा गएर बुढाबुढि आमाहरु कोही होलान सायद या कुनै बालबच्चाहरु होलान वहाँहरुसँग सिदा सम्पर्कमा नआओस भनेर हामीले क्वारेन्टाइनको सेटअप गरेका छौं सोलटी होटलमा । उडान भइसकेपछि पनि घर जानु अगावै हामीले पीसीआर टेस्टिङ गरेर नेगेटिभ रिजल्ट आइसकेपछि घर पु¥याइदिने व्यवस्था गरेका छौं ।’

Advertisement

लकडाउनको अवधिमा नेपाल एयरलाइन्सले कार्गो पठाउने र भित्र्याउने काम पनि राम्रो पाएको छ । यस्तै यो अवधिमा करिब २० हजार यात्रु नेपाल भित्रिएको जुहारचनले बताए । उनले भने ‘यो अवधिभरी हामीले १ लाख ८४ हजार १ सय ८७ केजी कार्गो नेपालबाट बाहिर पठाएका छौं । त्यस्तै १ लाख ९३ हजार ९ सय २७ केजी कार्गो भित्र्याएका छौं । यो बिचमा हामी १४ वटा नयाँ गन्तव्य छ हाम्रो । लगत्तै थ्रि थर्टिमा २ सय ७० र ३२० जहाजमा १ सय ४५ यात्रुको अन्दाजि गर्दा लगभग करिबकरिब १० हजार जति यात्रु ओसारी सकेका छौं ।’

नेपाल एयरलाइन्सका पाइलत सुरज भण्डारीले कुनैपनि उडान भर्दा गम्भिरतापूर्वक नै स्वास्थ्य सतर्कता अपनाइएको बताए । उनले कोरोना भाइरसको सम्बन्धमा सम्पूर्ण जानकारी राखिएकाले कुनै डर नभएको बताए । नियमित उडान नभएपछि चार्टड उडानमार्फत नयाँ एयरपोर्टमा पुग्न परेको अवस्थामा स्वास्थ्यलाई प्राथमिकता दिएर भौतिक दूरी कायम गर्दै गम्भिरतापूर्वक सावधानी अपनाइएको उनले बताए । भण्डारीले नेपाल एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर स्टाण्डर्ड अपरेटिङ प्रोसिड्युअर बनाएको र त्यहि अनुसार नै काम गरिएको बताए । ति सबै जानकारीलाई सही तरिकाले प्रयोग गर्न आफुहरुले ध्यान दिएकोले कुनै असुरक्षाको महसुस नभएको भण्डारीले बताए । उनले भने ‘उपलब्ध जानकारीहरुलाई सही तरिकाले कार्यान्वयन गरेर आफुलाई कसरी सुरक्षित गर्ने र हामीसँग यात्रा गर्ने यात्रुहरुलाई कसरी सुरक्षित गर्ने त्यो तरिकाबाट काम गरिरहेको हुनाले त्यस्तो डर छैन ।’ उनले एकजना पाइलटले दिनमा एक वटा मात्रै उडान गरिराखेको बताए । पाइलटलाई थकान नहुने गरी तालिका मिलाइएको बताए । उनले भने ‘हामी पाइलटहरुले अधिकतम दिनको एकवटा फ्लाइट गरिराखेका छौं । हाम्रो जुन नीति नियमहरु छ त्यसभित्र बसेर पाइलटलाई थकान नहुने हिसाबले, आरामलाई पनि ध्यान दिएर उडान गरिएको छ ।’

पाइलट भण्डारीका अनुसार विदेशको एयरपोर्टमा भन्दा नेपालको एयरपोर्टमा बढी स्वास्थ्य सावधानीका विधिहरु अपनाइएको बताए । उनले भने ‘एक हप्ताको दौरानमा म आफु व्यक्तिगत रुपमा मल्दिभ्स, बहराइन, दुवै र आज मलेसिया गएर फर्कियौं त्यहाँ जुन स्टाण्डर्ड प्रोसिड्युअर्सहरु छ यहाँपनि त्यसरी नै व्यवस्थापन गरिएको छ । सोसियल डिस्टेन्स मेन्टेन गर्ने काम भइराखेको छ त्यहाँ पनि । एउटाकुरा फरक हाम्रोमा के हो भने वहाँहरुले जसरी यात्रुलाई एकैचोटि हुलमा लगेर जाने गर्नुभएको छ हामीले ३०÷३० जना लिएर गइराखेका छौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको मार्किङ्सहरु, स्यानिटाइजरको व्यवस्था, र डाक्टरहरु जुन स्ट्याण्डबाई बसिराख्नु भएको छ त्यो हिसाबले मलाई त हामी पनि अरु देशहरुको म्यानेजमेन्टको तुलनामा एकदमै राम्रो छौं जस्तो अनुभुति भइराखेको छ ।’ उनले पाइलट, परिचारिका लगायत सबै कर्मचारीलाई होटल क्वारेन्टाइनमा राखिएकाले भाइरस सर्छ भन्ने कुनै सम्भावना नरहेको बताए । त्यसका लागि भौतिक दुरी कायम गर्ने, पीसीआर परीक्षण गर्ने लगायतका सुविधाहरु कम्पनीले दिने भएकाले संक्रमण फैलिने कुनै जोखिम नभएको बताए । उनले भने ‘‘अब सोसियल डिस्टेन्स मेन्टेन गर्ने, हामीलाई कम्पनीले पीसीआर परीक्षण पनि गरेर पठाउँछ । त्यस्तै अहिले त हामी क्वारेन्टाइनमा छौं । क्वारेन्टाइनबाट निस्किसकेपछि हामी के कन्फिडेन्स भएर निस्कन्छौं भने हामीलाई कोरोना भाइरसको इन्फेक्सन छैन भन्ने कन्फिडेन्स भएर निस्कने भएको हुनाले हामी आफु कन्फिडेन्स भइसकेपछि त्यस्तो डराउनुपर्ने अवस्था छैन र अरुले पनि अहिले सम्म त्यस्तो व्यवहार गरेको महसुस गरेका छैनौं ।’ उनले महामारीको अवस्थामा आफै अनुशासित बन्नुपर्ने बताए । उडानको क्रममा गर्न हुने र गर्न नहुने सम्बन्धमा नेपाल एयरलाइन्स, डब्लुएचओले दिइको निर्देशिका अनुसार काम गरिएको उनले बताए ।

विमानकी परिचारिका शोनिका केसीले सामान्य अवस्थामा भन्दा अहिले मनोविज्ञानमा फरक पर्ने गरेको बताइन । यात्रुसँग बोल्दा, सिकाउँदा, साबधानी अपनाएर काम गर्नुपरेकाले केही फरक महसुस भइरोखेको बताइन् । उनले भनिन ‘पहिला साइकोलोजिकल्ली त्यस्तो केही पनि हुँदैन थियो । उडानबाट नर्मल आयो गयो त्यस्तो केही हुँदैन थियो । तर अहिलेको समयमा धेरैकुरा सोच्नुपर्ने हुन्छ । जस्तै यात्रुसँग डिल गर्दाखेरी उहाँहरुसँग डिस्टेन्स मेन्टेन गरेर बोल्नुपर्ने, उहाँहरुलाई सिकाउन पर्ने, क्याबिनमा हिंडदा पनि धेरै हिडडुल नगर्नुस भनेर भन्नुपर्ने हुन्छ । खानाको कुरामा पनि पहिला हामीले हटमिल दिन्थ्यौं भने अहिले चाहिं प्याकिङ मिल दिन्छौं । सकेसम्म कम नै कुरा गर्छौं । ’

उनले अहिलेको अवस्थाको बारेमा सबै यात्रु जानकार हुने भएकाले पनि काम गर्न सजिलो भएको बताइन् । यात्रुहरु पनि आफै सुरक्षित हुने हुँदा डर मान्नु नपर्ने तर अझैपनि सकेसम्म धेरै सम्पर्कमा नआउँ भन्ने मानोविज्ञानले काम गर्ने बताइन् । तुलनातमक रुपमा विदेशी एयरलाइन्सहरु भन्दा नेपालको एयरलाइन्समा कुनै कमि नभएको परिचारिका केसीले बताइन । उनले भनिन ‘अफिसले जुन सेफ्टी मेजर्स अपनउनुपर्ने हो त्यो चाहिं सबै नै अपनाउनुभएको छ । जस्तो पीपीई लगाउँछौं, फेस सिल लगाउँछौं, मास्क जतिबेला पनि हुन्छ । स्यानिटाइज गरिराख्छौं । ग्लोब्सहरु पनि अलिकति कन्टामिनेन्ट हुन्छ कि भनेर परिवर्तन गरिराखेका हुन्छौं । त्यहि भएर बाहिर जति छ हाम्रो पनि त्यहि अनुसार नै छ जस्तो लाग्छ मलाई ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि हवाई उडान पनि बन्द रहेको थियो । तर पछिल्लो समय विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वादेश फिर्ता ल्याउने भएपछि भने नेपाल एयरलाइन्सले चार्टड उडान मार्फत बिजनेस पाएको हो । विश्वभर कोरोनाको संक्रमण फैलिएको अवस्थामा विभिन्न मुलुकमा चार्टड उडान गर्नु निकै जोखिमपूर्ण छ । यस्तो अवस्थामा एयरलाइन्सका पाइलट तथा परिचारिकाहरुले कसरी स्वास्थ्य सतर्कता अपनाइरहेका छन त्यो महत्वपूर्ण हुन्छ । त्यसैले अहिले सम्म नेपाल एयरलाइन्सले अपनाएका सावधानीहरु विश्वका अरु एयरलाइन्सहरुले गरेका सावधानी जत्तिकै रहेको एयरलाइन्सका कर्मचारीहरुले बताएका छन् । त्यसैले जुलाई ८ देखि नेपाल एयरलायन्सले युएन को फ्लाइट गर्ने तयारी समेत गरेको छ ।

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह
अन्तर्राष्ट्रिय

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.