१८ असार, काठमाडौं । बन्द भएको तीन महिना पछि राइड सेयरका ठुला कम्पनी टुटल र पठाओले आफ्नो सेवा सुचारु गरेका छन् ।
स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि सेवा सुरू गरिएको टुटल र पठाओले जनाएको छ।
सार्वजनिक यातायात नचलेको अवस्थामा ग्राहकलाई सेवा दिन मात्र सेवा सुरु गरिएको टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।
त्यस्तै पठाओले दैनिक ५० जना राइडरको दरले राइडरलाई अनुमती दिंदै सेवा बढाइ रहेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन्।
पठाओले प्यासेन्जर र राइडरको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएको हमालको दावी छ।।
पठाओको कमिसन र शुल्कमा कुनै परिमार्जन नगरिएको हमालले जानकारी दिइन्।
