१९ असार, धनगढी । कञ्चनपुरमा खानेपानी ढुवानी गर्ने ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
शुक्रबार पुनर्वास नगरपालिका-१ स्थित कालिका स्वास्थ्यचौकी नजिकै ट्याङ्करले ठक्कर दिँदा ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
खानेपानी बोक्ने ट्याङ्करले मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।
घटनापछि आक्रोशित स्थानीयवासीले पानी ढुवानी गर्ने दुईवटा ट्याङ्करमा आगजनीसमेत गरेका छन् ।