×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री

२० असार २०७७

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र क्षमतामाथि नै प्रश्नचिन्ह खडा भएको छ ।

पछिल्ला दिनमा नेपालमा दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार मात्रै ७ सय ४० संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएको यो नै पहिलो हो ।

तर, मन्त्री ढकालले नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म पनि कोरोना रोकथाम र व्यवस्थापनका सन्दर्भमा दीर्घकालीन योजना नबनाएको पाइएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि मन्त्रालयले निर्देशिका बाहेक दीर्घकालीन ठोस योजना बनाउन सकेको छैन ।

स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना ल्याइए पनि स्वास्थ्य मन्त्रालयले पूर्णतः कार्यान्वयनमा ल्याउन सकेन । स्वास्थ्यमन्त्री ढकालले कोरोना रोकथाम र व्यवस्थापन गर्ने सन्दर्भमा गरेका अधिकांश बाचा कागजमै सीमित भएका छन् । उनले संक्रमितको व्यवस्थापन र रोकथामका सन्दर्भमा प्राविधिक तवरबाट ठोस कदम चाल्न नसक्दा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मुख्यतः क्वारेन्टिन व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गति तीव्र रूपमा अघि बढाउन स्वास्थ्य मन्त्रालय चुक्दै आएको छ ।

आफैंले दिएका निर्देशनलाई पनि स्वास्थ्यमन्त्री ढकालले तल्लो तहसम्म कार्यान्वयनमा लग्न सकेका छैनन् । मन्त्री ढकालले संसद् बैठकमै १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गर्न सकिने बताएका थिए । तर, १५ असारयता दैनिक ४ हजार ६ सय ३४ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ ।

स्वास्थ्यका अधिकारीले भने अहिले कोरोना परीक्षणको क्षमता वृद्धि गरिएको भन्दै तर्क दिन थालेका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले दैनिक १० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने क्षमतासहित प्रयोगशाला तयारी अवस्थामा रहेको बताए ।

स्वास्थ्यमन्त्री ढकालले कन्ट्याक्ट ट्रेसिङ द्रुतगतिमा हुने वचन पनि दिएका थिए । तर, मन्त्री ढकालको सो प्रतिबद्धता पनि बोलीमा मात्रै सीमित भएको छ । त्यस्तै, एक स्थानीय तहमा एक जना, एक नगरपालिकामा दुई जना, उपमहानगरपालिकामा तीन जना र एक महानगरपालिकामा ५ जना गरी ३ हजार २ सय २५ जना टिम खटाउने भनिएको थियो । तर, अधिकांश स्थानीय तहमा कार्यान्वयन हुन सकेको छैन ।

फ्रन्टलाइनमा खटिएका १३ हजार स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्न बाध्य छन् । सरकारले अहिलेसम्म पनि ती स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने नदिने निक्र्योल गर्न सकेको छैन । स्वास्थ्यमन्त्री ढकालले जोखिम भत्तासम्बन्धी निर्देशिका परिमार्जन गर्ने प्रतिबद्धता जनाएका थिए । हालसम्म ७५ बढी स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको हेल्थ असिस्टेन्ट संघ (हान) बाग्मती प्रदेश संयोजक कृष्ण खत्रीले जानकारी दिए ।, यो समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top