संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले कसे लगनगाँठो

१९ असार ७७, शनिबार

२० असार, काठमाडौँ ।
सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिएका छन् । यी दुईको विवाह सीमित आफन्त र केही साथीभाइको उपस्थितिमा शुक्रबार बुढानीलकण्ठ मन्दिरमा भएको हो ।

गीत सङ्गीतमा खुबै रुचाइएको यो जोडी सात वर्षदेखि अनुराग सङ्गीत विद्यालयमा आबद्ध छन् । अवस्था सामान्य भएपछि चलचित्रकर्मी र आफन्तका लागि बिहेको पार्टी दिने वा सामाजिक कार्य गर्ने भन्ने बिषयमा आफूहरुले छलफल गर्ने अर्जुनले बताए ।

पछिल्लो केही बर्षयता नेपाली चलचित्रको संगीतमा अर्जुन सफल छन् । उनले तयार पारेका ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत चलचित्रका गीत सर्वाधिक सफल मानिन्छन् । पछिल्लो समय पोखरेलले सङ्गीत भरेको धेरै गीतमा खरेलले स्वर दिएकी छिन् ।

साङ्गीतिक क्षेत्रमा सबैको मन जित्न सफल नव विवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top