बझाङको केदारस्युँमा गएको पहिरोमा परी ६ जनाको मृत्यु, एक वेपत्ता

२० असार ७७, आइतबार

२१ असार, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसीमा गएको पहिरोमा परेर एकै परिवारका चार सहित ६ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।

शनिबार राती १ बजे गएको पहिरोले २० घर र एक सय बढी पशुचौपाया बगाएको छ भने दुई घरमा क्षति पुर्याएको छ । पहिरोका कारण अरु ४५ घर जोखिममा रहेका छन् । गाउँका करिब चार सय जना पूर्ण रुपमा विस्थापित भएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहोराले बताएका छन् ।

पहिरोमा पुरिएका ४१ वर्षीया राममती जेठारा, उनका ११ वर्षीया छोरा प्रयाग जेठारा र दुई छोरीहरु १६ वर्षिया शान्ति र ७ वर्षीया अस्मिताको शव फेला परेको छ । १५ वर्षीया सन्तू जेठाराको पनि शव भेटिएको छ । यस्तै ८० वर्षीय दले जेठाराको पनि ज्यान गएको छ । यस्तै गिरिजा जेठारा शनिबार साँझसम्म बेपत्ता भएकाले उनको खोजी भइरहेको छ ।

जिल्ला सदरमुकाम चैनपुरबाट गएको डीएसपी गणेश बम सहितको नेपाल प्रहरीको टोली, डीएसपी गणेश शाहको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोली र कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ केदारस्युँकै बागथलाबाट खटिएको नेपाली सेनाको टोली र जिल्ला अस्पतालबाट डाक्टर सन्दिप ओखेडाको टोली तथा स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् ।

गाउँभन्दा करिब १ सय ५० मिटर माथि रहेको रातापड सामुदायिक वनबाट बीच गाउँमा पहिरो खसेको हो । सामुदायिक वनको बीचमा वर्षातमा मात्रै पानी आउने सानो मुहान छ । मुहानको पानी निकास हुने सानो खोल्सो गाउँको बीच भागबाट भएर बग्छ । त्यही खोल्सोमा डाँडाको टुप्पोबाट पहिरो खसेको र खोल्सोको निकास थुनिएर ड्याम बनेको हुन सक्ने स्थानीय जयबहामदुर जेठाराले बताएका छन् ।

पहिरो पीडितहरुका लागि भनेर नेपाली सेनाको हेलिकप्टरबाट आठ क्विन्टल चामल, ३७ वटा त्रिपाल र ४० वटा कम्मल घटनास्थलमा पुर्याइएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । अझै थप राहत लिएर आइतबार जिल्ला प्रशासन कार्यालयको टोली मल्लेसी जाने उनको भनाइ छ ।

यस्तै गाउँपालिकाले पहिरोमा परेर ज्यान गुमाएकाहरुको लागि तत्काल किरिया खर्च बापत ३५ हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले बताए । आइतबार नै अर्को बैठक बसेर विस्थापितहरुलाई अन्य सहयोग गर्नेबारेमा निर्णय गरिने पनि उनले बताए ।

पहिरोमा परेर २० परिवारका ११० पशुचौपाया समेत मरेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top