पिसिआर परीक्षणलाई तीव्रता दिन आयोगको आग्रह

२० असार ७७, आइतबार

२१ असार, काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना सङ्क्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पु¥याउन र पिसिआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई पुनः आग्रह गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैलँदै गइरहेको अवस्थामा उपत्यकाका ढलहरुमा समेत कोरोनाको भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

नेपाल बार एसोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घसँगको सहकार्यमा देशभर कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्थाको अनुगमन गरी अनुगमनबाट प्राप्त तथ्यका आधारमा यसअघि पनि पिसिआर परीक्षण बढाउन तथा क्वारेन्टिनहरू व्यवस्थित गर्न पटकपटक सरकारलाई आग्रह गर्दै आएको स्मरण आयोगले विज्ञप्ति मार्फत् गराएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top