×

NEPAL TIMES UPDATES

Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026

बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने

२ बैशाख २०७५

सिन्धुली, २ वैशाख ः बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ ।

कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिए ।

Advertisement

उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको दायाँ र बायाँ राजमार्गको बीचबाट दायाँबायाँ १५÷१५ मिटर कायम गर्न नेपाल सरकारलाई आग्रह गरिने उनको भनाइ थियो ।

नगरपालिकाले यसअघि सडकको दायाँबायाँ ३१÷३१ मिटरको क्षेत्रमा जग्गा किनबेच तथा घर निर्माणमा लगाएको रोक अब १० मिटर घटेर २१ मिटरमा कायम गर्न पहल गरिने भएको छ ।

त्यस क्षेत्रमा २०७२ सालभन्दा अघि घर नक्सापास नगरी बनेका घरलाई तत्काल सम्पन्नताको प्रमाणपत्र तथा नियमित भवनको नक्सापास गराउन जग्गाधनी तथा घरधनीलाई समय प्रदान गरिने पनि नगरपालिकाले जनाएको छ । नक्सा पास नगरी बनेका घरलाई घरधनीको निवेदन, वडाको सिफारिस र घरको नक्सा लिएर ३५ दिनभित्र नगरपालिकामा आए त्यस्ता घरले सम्पन्नताको प्रमाणपत्र पाउने र निर्माण रोकिएका घर तथा नयाँ घरको नक्सा सहजै पास हुने उनको भनाइ थियो ।

नगरपालिकाको यो निर्णयले यस क्षेत्रका दर्जनौँ जग्गा धनीको जग्गा किनबेच, घर निर्माण हुने भएको छ । यसअघि नगरपालिकाले सडकको दायाँबायाँ ३१÷३१ मिटरका जग्गा किनबेच तथा घर निर्माण गर्न रोक लगाउँदै आएको थियो ।

बिपी राजमार्गमा पहिला १५ मिटर जग्गाको मात्र मुआब्जा पाएका जग्गा धनीहरु भएको सो क्षेत्रमा मात्र सडकको क्षेत्राधिकार दायाँबायाँ १५÷१५ मिटर र सडक सुरक्षाका लागि छ मिटर गरी २१ मिटर कायम गर्ने र अन्यन्त्रको हकमा भने नेपाल सरकारको निर्णयअनुरुप नै काम हुने उनको भनाइ थियो ।

नगरपालिकाले जग्गा किनबेच तथा घर नक्सा पास नगरिदिँदा दर्जनाँै भूकम्पपीडितले घर बनाउन पाएका थिएनन् । सरकारले दोस्रो किस्ताको समयावधि थप गरेकाले अब त्यस्ता लाभग्राहीले सहजताका साथ दोस्रो किस्ता लिन पाउने भएका छन् ।

Advertisement

यस्तै नगरपालकाले वडा नं २ को वडा कार्यालय स्थापनाका लागि जग्गा खरिद गर्ने पनि निर्णय गर्नुका साथै विभिन्न ऐन निर्माण तथा कार्यविधि तयार गरेको छ
रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top