×

NEPAL TIMES UPDATES

Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026
Playing
इन्धन खपत ३०% घट्यो तर आर्थिक गतिविधि “स्लो–डाउन“|| Nepal Times
May 15, 2026

साढे पाँच महिनादेखि ठप्प रहेको रसुवागढी नाका पुनः सञ्चालन

२२ असार २०७७

२२ असार, रसुवा ।
साढे पाँच महिनादेखि आयात–निर्यात ठप्प भएको रसुवागढी नाका सोमबार पुनः सञ्चालनमा आएको छ ।

कोभिड–१९ का कारण माघ १५ देखि नै रसुवागढी नाकाबाट आयात–निर्यात तथा आवतजावत ठप्प थियो । त्यसअघि पनि ल्होसार पर्व, पहिरो र हिमपातका कारण केही दिन आयात–निर्यात रोकिएको थियो । नाका सोमबार बिहान सञ्चालनमा आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

Advertisement
Advertisement

‘चिनियाँ पक्षले सोमबार बिहान केरुङबाट ४ कन्टेनर सामान मितेरी पुलसम्म ल्याइदिएको छ,’ उनले भने । उताबाट आएका सामान यता १० देखि १२ कन्टेनरमा राखिनेछन् । चीनबाट आएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडालगायत रहेको र तिनलाई मितेरी पुलमा नेपाली कन्टेनरमा लोड गर्ने काम भइरहेको खड्काले बताए ।

उनका अनुसार चीनबाट अब दैनिक ४ कन्टेनर सामान आउनेछ । सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटिएका छन् । चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिनेछ । मितेरी पुलसम्म आइपुगेको सामान १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पुर्‍याउने काम गर्छन् ।

भन्सार यार्डबाटै सामानको जाँचपास हुने रसुवा भन्सार कार्यालयले जनाएको छ । सामानको जाँचपासपछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजानेछन् । टिमुरेभन्दा माथि कन्टेनर चालक, कामदार, सुरक्षाकर्मी र कर्मचारीबाहेक अन्यलाई जान रोक लगाइएको छ ।

सुरक्षित तरिकाले सामान आयात गर्ने विषयमा दुवै देशका सीमामा जोडिएका जिल्लाका समकक्षीहरूबीच असार १० गते मितेरी पुलमा छलफल भएको थियो । रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर छ । आयात–निर्यात ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको प्रमुख भन्सार अधिकृत खड्काले बताए ।

Advertisement
Advertisement

‘दैनिक करोडौं राजस्व संकलन हुने रसुवा भन्सार कार्यालयको चैत, वैशाख र जेठ महिनाको राजस्व संकलन शून्य भएको छ,’ उनले भने । यो नाकाबाट मुख्य गरी ५ वटा मालवस्तु पैठारी भइरहेको कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top