रुपन्देही सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि थुनामा

२१ असार ७७, सोमबार

२२ असार, रुपन्देही।
रुपन्देहीको तिलोत्तमा–१० मैनहवामा गत जेठ २६ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् ।

Advertisement

आइतबार जिल्ला न्यायाशीस मात्रिकाप्रसाद मरासिनीको एकल इजलासले अभियुक्त सुर्खेतका झसेन्द्रबहादुर सिंजालीलाई पुर्पक्षका लागि थुनामा राखेर थप अनुसन्धान अघि बढाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी गंगा अधिकारीले बताए ।

तिलोत्तमा–१० मैनहवास्थित कृष्णबहादुर पुनले सञ्चालन गरेको गंगादेवी कृषि फर्ममा काम गर्ने रूपन्देहीकै सैनामैना–५, दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने पोषराज मुसहर तथा स्थानीय करण चौधरी र आशीष चौधरीको गत जेठ २६ गते राति हत्या भएको थियो ।

Advertisement

हत्याको आरोपमा पक्राउ परेका सिञ्जालीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिन्जालीले आफ्नो चरित्र हत्या गर्ने र काममा ठगी गरेको आरोप लगाउने गरेकाले रिस फेर्न आवेगमा हत्या गरेको स्वीकार गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top