सेना र कर्मचारीले निकुञ्जका माछा खान नपाउने

२ बैशाख ७५, सोमबार

चितवन, २ वैशाख ः चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ ।

Advertisement

मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा पोष्टलगायतका स्थानमा पोखरी र नदीका माछा खान वैशाख १ गतेदेखि पूर्ण प्रतिबन्ध लगाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालकाअनुसार निकुञ्जका कुनैकुनै पोष्टमा त्यहीँका कर्मचारीले तयारी जाल प्रयोग गर्न दिएको वा बेवास्ता गरी माछासमेत खाने गरेको गुनासो आएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको हो । ढकालले भने, “कुनै ठाउँमा कर्मचारीले नै जाल प्रयोग गर्न दिएर आधाआधा माछा भागबण्डा गरेको भन्ने गुनासो आएपछि यो निर्णय गरिएको हो ।”

Advertisement

नदीहरुमा रहेका माछा दुर्लभ जलचर गोहीको मुख्य आहारा हो । माछा घटेमा गोहीको संख्या घट्दै जाने भन्दै निकुञ्जले नदीमा ठूला जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ भने इजाजत भएकालाई मात्रै सानो जाल प्रयोग गर्न दिइएको छ । निकुञ्जअन्तर्गत ३५० जना कर्मचारी छन् भने सुरक्षार्थ एक हजार नेपाली सेना निकुञ्जमा बस्दछन् ।

निकुञ्जका ५७ स्थायी पोष्टमा निकुञ्जका कर्मचारी र नेपाली सेना आवासीयरुपमा नै बस्ने गर्दछन् । निकुञ्जले यसअघि नै यी ठाउँहरुमा बंगुरको मासु खान प्रतिबन्ध लगाएको छ ।

Advertisement

प्रमुख संरक्षण अधिकृत ढकालले नदीमा माछा मार्नेक्रम निरुत्साहित गर्न यो अभियान थालेको बताए । निकुञ्ज संरक्षणमा परिचालन भएका कर्मचारी र सेना बढी जिम्मेवार हुनुपर्ने भएकाले यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top