इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

२ बैशाख ७५, सोमबार

मंगलबारे, इलाम, २ वैशाख ः खलंगा स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध विस्तार गरिएको छ ।

आज यहाँ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाबीच भएको सम्झौता एक आपसमा साटासाट गर्दै भगिनी सम्बन्ध कायम गरिएको हो । भगिनी सम्बन्ध दुई नगरपालिकाबीचको मितेरी सम्बन्ध भएको बताइएको छ । यो सम्बन्ध १० वर्षसम्म कायम रहने सम्झौतापत्रमा उल्लेख छ ।

पर्यटकीय दृष्टिले सुन्दर, सफा नगरपालिकाका रुपमा दुई नगरपालिकालाई लिइने गरिन्छ । साथै विश्वमै परिचित ऐतिहासिक महत्व बोकेका नगरका रुपमा समेत यी नगरपालिकालाई लिइन्छ ।

भगिनी सम्बन्ध स्थापना भएपछि यसबाट दुवै नगरबीच सामाजिक, सांस्कृतिक, आर्थिक तथा मानवीय विकास भई विविध क्षेत्रबाट फाइदा हुने बताइएको छ । यसबाट आर्थिक समृद्धितर्फ अघि बढ्न सकिने भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ उपदफा ९ट० अनुसार अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गरिएको बताइको छ ।

आपसी सिकाइ र अनुभव आदानप्रदान गर्दै स्रोत साझेदारीको माध्यमबाट दुवै नगरपालिकालाई समृद्ध बनाउने लक्ष लिइएको छ । भगिनी सम्बन्ध विस्तारपछि पर्यटन विकास, कृषिमा आधुनिकीकरण, व्यावसायिकीकरण, संस्थागत सिकाइ आदानप्रदान, भाइचारा तथा भातृत्व विकासलगायत विकास गरिने बताइएको छ ।

सो अवसरमा प्रदेशसभा सदस्य रामबहादुर रानाले दुई नगरबीच भएको सम्झौता कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले प्रदेश सरकारसँग समेत छलफल गरी धनकुटाको भेडेटारबाट राँके–सवी हुँदै मंगलबारे बजारबाट इलाम जोड्ने सडक विस्तार गरिने बताए ।
भगिनी सम्बन्ध कायम भएपछि इलामको चिया धरान हुँदै विश्व बजारमा पु¥याउन विशेष कार्यक्रमको आयोजना गरिने धरान उपमहानगरपालिकाका प्रमुख सुब्बाले बताए । इलामको पर्यटन प्रवद्र्धनमा दुई नगरबीच भएको सम्झौता दुवै नगरका लागि कोशेढुङ्गा सावित हुने इलाम नगरपालिकाका प्रमुख बस्नेतले बताए ।

कार्यक्रममा धरानबाट आएका नगर जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, कलाकारलगायतलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top