उत्तर कोरियाली दूतावासमा माधव नेपाल प्रमुख अतिथि !

काठमाडौं : संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग प्रायः देश टाढै रहन्छन्। काठमाडौंमा उत्तर कोरियाको दूतावास त छ, तर सामान्य कूटनीतिक सम्बन्ध बाहेक कोही पनि सम्पर्कमा जान चाहँदैनन्।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल भने उत्तर कोरियाली तत्कालीन शासक किम इल सुङको स्मृतिसभामा प्रमुख अतिथि बनेर सोमबार दूतावास गए। ललितपुरको झम्सीखेलस्थित उत्तर कोरियाली दूतावासको सभाहलमा स्मृतिसभा राखिएको थियो।

उत्तर कोरियाका तत्कालीन नेता किम इल–सुङको सन् १९९४ जुलाई ८ मा निधन भएको थियो। उनी सन् १९१२ अप्रिल १५ मा जन्मिएका थिए। उनले सन् १९४८ देखि १९९४ सम्म उत्तर कोरियामा शासन गरेका थिए।

दूतावासले किम इल सुङको २६औं स्मृतिदिवस मनाएको हो। स्मृतिसभामा नेकपाका वरिष्ठ नेता नेपालले किम इल सुङले उत्तर कोरिया निर्माणमा खेलेको भूमिकाको चर्चा गरेका थिए। उनले उत्तर कोरिया र नेपालको सम्बन्ध एवं इतिहासबारे आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनलगायत दूतावासका अधिकारीहरूको उपस्थिति थियो। उक्त अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थिएन। उनीहरू उत्तर कोरियाली कार्यक्रममा जाँदैनन्। ,याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.