आजका प्रमुख खबरहरुः
१.(थपिदै संक्रमित)
बुधबार २ सय ५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसंगै संक्रमितको संख्या १६ हजार ४ सय २३ पुग्यो /हालसम्म ७ हजार ७ सय ५२ संक्रमित उपचारपछि निको भए ।
२.(आजको परीक्षण)
बुधबारसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण /२५ हजार ४० जना क्वारेन्टिनमा तथा ८ हजार ६ सय ३६ जना आइसोलेसनमा /तोकिएका अस्पतालबाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही हुने ।
३.(कोरिया जान देउ ?)
दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रकृया पुरा गरी उडानको पर्खाइमा रहेकाहरुद्वारा माइतीघरमा प्रदर्शन /२ हप्ताभित्र कोरिया नपुगे ३ हजारबढीको रोजगारी गुम्ने/ मागहरु पुरा नगरे ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने चेतावनी ।
४.(कहिले भेटिएला सहमति ?)
नेकपाको स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित/नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिका लागि भएका पटक—पटकका छलफल निष्कर्षविहीन ।
५.(कानुन समान होस्)
लकडाउनको उलंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन /सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिएपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिए ।
६.(नेविसंघको सरोकार)
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघद्वारा नेपाल आयल निगमको ध्यानाकर्षण /जनजीवन कष्टकर बनेका बेला निगमले स्वचालित मूल्य प्रणालीसमेत उल्लंघन गर्दै मूल्यवृद्धि गरेको आरोप ।
७.(यातायात नचलेको रन्को)
समस्या सम्बोधन नभए टाउकोमा कफन बाँधेर सडकमा उत्रिने यातायात क्षेत्रका मजदुरहरुको चेतावनी / आवश्यक प्रोटोकल बनाएर यातायात सञ्चालन गर्नुपर्ने तथा बैंकहरुको किस्ता र व्याजदरमा सहजिकरण गर्नुपर्ने माग ।
८.(गुड्लान त ट्याक्सी ?)
आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सञ्चालन गर्नदिन संसदीय समितिको सरकारलाई निर्देशन / अहिलेको अवस्थामा बैंकहरुको ऋण तिर्न समेत समस्या भएको तर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई ।
९.(अझै राहत ?)
कोभिड १९ बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै चरणवद्ध आन्दोलन गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघको चेतावनी / अर्थ व्यवसायलाई बचाउनुपर्ने अवस्थामा सरकारको ध्यान अन्तै मोडिएकाले आन्दोलित हुनुपरेको स्पष्टोक्ति ।
१०.(गरे हुने रहेछ)
सिन्धुली स्थित कमला नदीमा बनाइएको सडक पुल तोकिएको समय अघि नै निर्माण सम्पन्न /साढे ६६ करोड लागतमा बनाइएको पुल तोकिएको समय भन्दा एक वर्ष अघि निर्माण भएपछि स्थानीय उत्साहित ।
११.(अल्पकालीन नाका खुला)
भारतमा पेन्सन बुझ्ने नेपाली र दुवैतर्फ अलपत्र परेकालाई आवतजावत गर्न दिनेगरी भारतको पिथौरागढसंग सीमा जोडिएका दार्चुलाका झोलुंगे पुल बुधबारबाट तीन दिनका लागि खुले / बैतडीको झुलाघाट नाका पनि ३ दिनका लागि खुला ।
१२.(सावधानी अपनाऔं)
बिहिबारदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महाशाखाको भनाई /प्रदेश १ र २ का तराईका भूभागमा बाढी तथा पहाडमा पहिरोको जोखिम ।
१३.(कसरी निस्किएला समाधान ?)
भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि नेपालतर्फ बन्दै गरेको घोडेटो निर्माणमा अवरोध /अवरोध पु¥याइरहेको बारे माथिल्लो निकायलाई खबर गरेपनि भारतको अवरोध कायमै ।
१४.(हावामा पनि कोरोना ?)
कोरोना भाइरस हावाबाट सर्ने भन्ने तथ्यलाई नकार्न नसकिने विश्व स्वास्थ्य संगठन डब्लूएचओको भनाई /हावाका साना कणमा पुगेको कोरोना भाइरसबाट पनि मानिसमा संक्रमण हुन सक्ने केही वैज्ञानिकहरुले दाबी ।
र,
१५.(दैनिकको निरन्तरता)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ५ लाख ४७ हजार बढीको मृत्यु /१ करोड १९ लाख बढी संक्रमित /६९ लाख २५ हजार बढी निको भए ।