×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

बहसमा आयुर्वेद विश्वविद्यालय विधेयक, पूर्वाधार विकासमा जोड

२४ असार २०७७

२४ असार, काठमाडौँ ।
आयुर्वेदका पूर्वाधारको विकास नगरीकन आयुर्वेद विश्वविद्यालयको औचित्य नरहेको आयुर्वेद क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । संघीय संसद राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले बुधबार ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ माथि गरेको छलफलका क्रममा सरोकारवालाहरुले आयुर्वेद अस्पताल, फर्मेसी लगायतको विकास र विस्तार नगरीकन विश्वविद्यालय खोल्नुको औचित्य नहुने बताएका छन् ।

पछिल्लो समय आयुर्वेद शिक्षामा आकर्षण कम हुँदै जानुको कारण पनि प्रयाप्त आयुर्वेद हस्पिटल र रिसर्च संस्थाहरु नहुनु नै रहेकाले सबैभन्दा पहिला पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताएका हुन् । आयुर्वेद विभागका महानिर्देशक बासुदेव उपाध्यायले नेपालमा अहिले सम्म ३ सय ८२ वटा आयुर्वेद स्वास्थ्य संस्था रहेको तर अझैपनि १ सय आयुर्वेद विशेषज्ञ चिकित्सकहरु नरहेको बताए । उनले देशभित्र प्रयाप्त आयुर्वेद अस्पताल नभएसम्म विश्वविद्यालय खोलेर मात्र आयुर्वेद शिक्षालाई अगाडि बढाउन नसकिने बताए । उनले नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद कलेज सञ्चालन गरेको तर प्रभावकारी नदेखिएको बताए । कलेज खोल्ने तर ओपीडी बाहेकको सेवा दिन सक्ने अस्पताल सञ्चालन नगरिने भएकाले योगमाया आयुर्वेद विश्वविद्यायल सञ्चालनका लागि पनि चुनौति रहेको बताए ।

Advertisement

आयुर्वेद शिक्षण अस्पतालका निर्देशक डा. राजकिशोर साहले पनि आयुर्वेद विश्वविद्यायल सञ्चालन गर्नका लागि सबैभन्दा पहिला आयुर्वेद अस्पताल, आयुर्वेद फार्मेसी, औषधी उत्पादन कम्पनी लगायतका पूर्वाधारको आवस्यकता पर्ने बताए । विश्व विद्यालय खोल्न अनिवार्य भएपनि सरकारले पूर्वाधारको तयारी नगरीकन खोल्न नहुने बताए । उनले अहिले सम्म आयुर्वेद नर्सिङको क्षेत्रमा पनि कुनै काम हुन नसकेको बताए ।
नरदेवी अस्पतालका निर्देशक डा. प्रदीप के.सी.ले आयुर्वेदबाट पनि उपचार हुन्छ र ? भन्ने दृष्टिकोण परिवर्तन गर्नका लागि पनि विश्वविद्यालय खोल्नुपर्ने बताए । उनले आयुर्वेद चिकित्सा शिक्षा प्रति अहिले भइरहेको दृष्टिकोण परिवर्तन गर्ने र अध्ययन अनुसन्धानलाई अगाडि बढाउने हो भने आयुर्वेद क्षेत्र धेरै माथि पुग्ने बताए ।

Advertisement

छलफलमा सांसदहरुले प्राचीन दर्शनमा आधारीत आयुर्वेद क्षेत्रको विकास र विस्तरका लागि विश्वविद्यालय आवस्यक रहेको बताएका छन् । सरकारले पनि प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रविधिमा आधारित, व्यापक, व्यबहारिक तथा व्यवसायिक बनाउने उद्देश्यका साथ योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने गरी विधेयक ल्याएको हो । विधेयकले आयुर्वेदिक चिकित्सामा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय आवस्यक रहेको भनेको छ । विश्वविद्यालयले आयुर्वेद विषयसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयमा आवश्यकता अनुसार आयुर्वेद, आयुर्वेद नर्सिङ, जडिबुटि, योग शिक्षा, प्रकृतिक चिकित्सा लगायतका स्कुल कलेजहरु सञ्चालन गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ । यस्तै आयुर्वेद अनुसन्धान केन्द्र, आयुर्वेद शिक्षण अस्पताल लगायत पनि सञ्चालन गर्न पाउने छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top