२६ असार, कैलाली । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारको महेन्द्रनगर रोडमा रहेको आईएमईमा चोरी भएको छ ।
गएराती आईएमईबाट करिव ६ लाख रुपैयाँ बढि चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न ब्यक्तीको सिसीटिभी फुटेजबाट अनुसन्धान गरिरहेको छ ।
आईएमई अत्तरिया शाखाका संचालक तनुज जोशीले पसलको पछाडीबाट ढोका फोडेर चोरी भएको जानकारी दिएका छन् । काउन्टरबाट नगद ६ लाख रुपैयाँ र १ लाख ५० हजारको रिचार्ज चोरी भएको बताए ।
चोरीमा संलग्नको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए ।