सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेपनि सञ्चालन बारे अझै अन्यौल

२५ असार ७७, शुक्रबार

२६ असार, काठमाडौं । सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक यातायातको सवारीसाधन चलाउने निर्णय गरे पनि यातायात व्यवसायी र यात्रु अझै अन्यौलमा छन् ।

सरकारले एकपक्षीय निर्णय गरेको र अहिले नै गाडी चलाउने अवस्था नरहेको व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गाडी कहिलेदेखि चलाउने भन्नेबारे आज बैठक गरेर निर्णय गर्ने जानकारी दिएका छन् ।

साढे तीन महिनासम्म ग्यारेजमा राखिएका गाडी अहिले नै चलाउन सक्ने अवस्थामा नरहेको र स्वास्थ्य सम्बन्धी मापदण्डबारे पनि स्पष्ट नभएको उनको भनाइ छ ।

तर सरकारले निर्णय गरेलगत्तै फाट्टफुट्ट सार्वजनिक गाडी भने चल्न थालेका छन् । केही जिल्लामा फाट्टफुट्ट गाडी चल्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । ट्याक्सी भने पहिलेदेखि नै चल्न थालेका थिए ।
सरकारले हिजो काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र तथा बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । ट्याक्सी बाहेक सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्ने नियम छ । ढोका र गाडीभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्नु पर्नेछ । यस्तै एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक दुई जनासम्म मात्र यात्रु राख्न पाइने सरकारले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top