सप्तकोशीमा पानीको बहाव उच्च, ब्यारेजको ५६ मध्ये ३८ ढोका खोलियो

२६ असार, राजविराज । सप्तकोशी नदीमा शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको छ । पानीको बहावले खतराको स्तर समेत पार गरिसकेको छ ।

पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेजान पानीको बहाव २ लाख ५६ हजार ६ सय १५ क्युसेक प्रति सेकेन्डका दरले बहिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिए ।

खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरिएको खडकाले बताए ।

सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ । ५ वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चि तर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढदै गएको हो ।

कोसीमा पानीको बहाव बढदै गएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको नगरप्रमुख शैलेशकुमार साहले बताए ।

यसैगरी कोसीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताए ।

बिहीबारदेखि मुलुकका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भएसँगै पहिरो र बाढीबाट जनधनको क्षति भइरहेको छ । विभिन्न स्थान उच्च जोखिममा छन् । कतिपय ठाँउमा उद्धारको कठिनाई समेत भइरहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top