रसुवागढी नाका जोड्ने सडक पहिरोले अवरुद्ध

२५ असार ७७, शुक्रबार

२६ असार, रसुवा । बिहीबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।

स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा पहिरो गएको छ । वर्षा भइरहेका कारण सडक खुलाउन सकिएको छैन । त्यस क्षेत्रमा पहिरो झरिरहेको कारण मान्छे हिँडडुल गर्न रोक लगाइएको छ ।

Advertisement

पानी पर्ने क्रम रोकिएपछि पहिरो पन्छाउने काम सुरु हुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । जिल्लाको अन्य सडक खण्ड अहिलेसम्म अवरुद्ध नभएको उनको भनाइ छ । पासाङल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्डमा सवारी सञ्चालन भइरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top