जाजरकोट पहिरोः ३ जनाको शव फेला, ९ जना अझै बेपत्ता

२५ असार ७७, शुक्रबार

२६ असार, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका ४ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको छ । ९ जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले पहिरो गएको माटोमुनि ३ जनाको शव देखिएकाले ती शव निकाल्ने काम भइरहेको जानकारी दिए।

डिएसपी श्रेष्ठका अनुसार गएरातिदेखि बारेकोट क्षेत्रमा कुनै पनि टेलिफोन तथा प्रहरीको सेटमा समेत सम्पर्क हुन सकेको छैन ।

Advertisement

गएरातिको वर्षाका कारण पहिरो जाँदा बारेकोट गाउँपालिका ४ मा २ घर पुरिएका छन्।

पहिरोमा बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी उद्धारका लागि बारेकोट गएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top