×

NEPAL TIMES UPDATES

Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026

दिनभरका प्रमुख खबर

२६ असार २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कोरोनामुक्त बढ्दै)
शुक्रबार नेपालमा १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिए/ योसंगै कुल संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुग्यो / ८ हजार ११ जना संक्रमित निको हुँदा ६ जिल्ला कोरोनामुक्त ।

Advertisement

२.(प्राथमिकतामा परीक्षण)
शुक्रबारसम्म पीसीआरबाट २ लाख ७५ हजार ९ सय ५१ जनाको कोरोना परीक्षण /देशभर २३ हजार ९ सय १० जना क्वारेन्टिनमा /८ हजार ६ सय ३ जना आइसोलेसनमा ।

३.(वर्षाको पीडा)
देशका विभिन्न ठाउँमा परेको अविरल वर्षासंगै आएको बाढी र पहिरोमा परी दुई दर्जन बढीको मृत्यु /४० बढी वेपत्ता/सोमबारसम्म पानी पर्ने र देशभर बाढी पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह ।

४.(सप्तकोशीमा खतरा)
सप्तकोशी नदीको बहावले खतराको स्तर पार गरेपछि विभिन्न स्थानमा बाढीसंगै सयौं विस्थापित /ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलियो / हनुमाननगर कंकालिनी र तिलाठी कोइलाडी बाढीको उच्च जोखिममा ।

५.(रोकिन्छ त राजीनामा ?)
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा शुक्रबार पनि माइतीघरमा प्रदर्शन /उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहेपनि पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरु निरन्तर प्रदर्शनमा ।

६.(नेकपाको बहाना)
सत्तारूढ दल नेकपाको स्थायी समिति बैठक सात दिनका लागि स्थगित /मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई ।

७.(गाडी चलाउने शर्त)
अहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्न नसकिने यातायात व्यवसायी महासंघको भनाई /लक डाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय ।

८.(काउन्सिलको ध्यानाकर्षण)
नेपाल सरकार र प्रधानमन्त्रीमाथि लगाइएका आपत्तिजनक आरोप र सामग्रीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल अफ् इण्डिया समक्ष नेपाल प्रेस काउन्सिलको ध्यानाकर्षण /नेपाल सरकार र प्रधानमन्त्रीको चरित्रहत्या गरिरहेको भन्दै कारबाही गर्न आग्रह ।

९.(आधिकारीक तथ्याङको आशा)
आगामी जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्याङ्क संकलन गर्न राष्ट्रिय मुस्लिम आयोगको आग्रह /मुस्लिम समुदायका सबै क्षेत्रको तथ्याङ्क संकलन गर्दै मुस्लिम समुदायलाई अनुगमनमा लानुपर्ने आयोगका अध्यक्ष समिममिया अन्सारीको भनाई ।

१०.(हुने भए किन ढिलो ?)
अब एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको पनि नविकरण हुने /सरकारबाट निर्णय ढिलो हुँदा ७५ प्रतिशत कम्पनी बन्द हुने अवस्था रहेकाले छिटो निर्णय गर्न व्यवसायीहरुको आग्रह ।

११.(यस्ता छन् आयोग )
राष्ट्रिय समावेशी आयोगले एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकायो /५ जना पदाधिकारी र एक सचिव समेतका लागि ६ वटा गाडी खरिदमा कुल बजेटको ७० प्रतिशत रकम खर्च ।

१२.(बाढीपछि लोडसेडिङ ?)
भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत उत्पादन रोकियो/बाढीकै कारण ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएपछि लोडसेडिङ हुन सक्ने ।

१३.(विदेशको मरण)
एक नेपाली गोर्खा सैनिकको जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल क्षेत्र नजिक भएको गोलीबारीमा मृत्यु /गोलाबारीमा घाइते गुल्मीका हवलदार सम्बर गुरुङको उपचारका क्रममा मृत्यु भएको भारतीय सैनिकको भनाई ।

१४.(आउँदैछन् सलह ?)
भारतको राजस्थानबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढीरहेकाले सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रको भनाई /तराई तथा भित्री मधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन केन्द्रको आग्रह ।

र,

Advertisement

१५.(निको हुने बढुन्)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म विश्वभर ५ लाख ५८ हजार बढीको मृत्यु / १ करोड २४ लाख बढी संक्रमित /७२ लाख ४६ हजार बढी निको भए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top