नेपालमा ५० प्रतिशत कोरोना संक्रमित निको भए

२७ असार, काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै शनिबारसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

हालसम्म कुल संक्रमितको ५० दशमलव ५ प्रतिशत निको भएको मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म १६ हजार ७ सय १९ जनालाई कोरोना देखिएको छ । शनिबार कोरोनाबाट काठमाडौं ठेगाना भएका २ र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top