विराटनगरमा ९५ घर डुबे, ४५० जनाको उद्धार

२८ असार ७७, सोमबार

२८ असार, विराटनगर ।
अविरलको वर्षापछि विराटनगरमा केशलिया खोलामा आएको बाढी पस्दा ९५ घर डुबानमा परेका छन् । बाढी प्रभावित ४ सय ५० जनाको उद्धार गरिएको छ ।

आइतबार दिउँसो बिराटनगर १६ स्थित दरैया बस्तीमा रहेका ६५ घरमा केशलिया खोलामा आएको बाढी पसी क्षति भएको हुँदा सो घरहरुमा रहेका ३ सय जना मानिसहरुलाई उद्वार गरी बिराटनगरको रानीमा रहेको मिल्स माबिमा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसै गरी बिराटनगर १२ स्थित बखरी एरियामा रहेका ३० घरमा केशलिया खोलामा आएको बाढी पसी क्षति भएको हुँदा सो घरहरुमा रहेका १ सय ५० जना मानिसहरुलाई उद्वार गरी बखरी प्राविमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top