×

NEPAL TIMES UPDATES

Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026

पशुपति क्षेत्रको सम्पत्तिमा व्यक्ति र स्वार्थ समूहले आँखा गाडे : पर्यटनमन्त्री

२८ असार २०७७

२८ असार, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोही अमूक विचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।

Advertisement

कोषको आज भएको समीक्षा बैठकमा उनले बृहत्तर पशुपति क्षेत्र विकासअन्तर्गतका हरेक योजना सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवा राखेर सार्वजनिक सुनुवाइमार्फत अगाडि बढाउन निर्देशन दिए ।

उनले भने, ‘यदाकता कोही विचौलियाका स्वार्थमा पनि काम हुने गरेको गुनासो सुन्ने गरिएको छ, त्यस्तो काम जो कोहीले गरेको भए पनि राम्रो होइन, जे गर्ने हो त्यो पशुपतिको हितलाई ध्यानमा राखेर मात्र गर्नुहोला ।’ गत पुस २६ मा मन्त्री भट्टराईले आठ घण्टा पशुपति क्षेत्रकोे स्थलगत भ्रमण गरी कोषका लागि तत्कालीन र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ४८ बुँदे निर्देशन दिएका थिए । त्यसको कार्यान्वयनको अवस्थाबारे बुझ्न छ महिनापछि आज मन्त्री भट्टराईले कोषको कार्यालयमा समीक्षा बैठक राखेका थिए ।

बैठकमा मन्त्री भट्टराईले यस्ता प्रकृतिका सार्वजनिक संस्थाको सम्पत्तिमा व्यक्ति तथा समूहको आँखा पर्ने गरेको उल्लेख गर्दै निजी स्वार्थका निम्ति पशुपतिको सम्पत्तिमा दख्खल दिने कार्य नियन्त्रण गर्नसमेत कोषका पदाधिकारीलाई निर्देशन दिए ।

कोषको गोठाटारको जग्गा अतिक्रमणबारे शनिबार मात्रै विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नोे ध्यानाकर्षण भएको उल्लेख गर्दैै मन्त्री भट्टराईले भने, ‘छिट्टै चारकिल्ला निश्चित गरेर आफ्नो जग्गामा तारबार गर्नुस्, कसैले कोषको जग्गामा संरचना बनाएको छ भने ती पनि हटाउनुस् ।’

पशुपतिलाई राष्ट्रिय गौरवको आयोजनाभित्र राखेर राष्ट्रले प्राथमिकताको सूचीमा राखेको स्मरण गराउँदै मन्त्री भट्टराईले उक्त जग्गामा गरिने लगानीले यसलाई पर्यटकीय गन्तव्यका रुपमा थप परिष्कृत बनाउनुका साथै त्यसका अतिरिक्त लगानी गरिसकेपछि राज्यले आम्दानीको समेत अपेक्षा राखेको उल्लेख गरे । उनले यस्ता धार्मिक तथा सांस्कृतिक महत्वका स्थलमा निजी क्षेत्रको समेत लगानी हुने योजनामा धेरै संवेदनशील हुनुपर्ने बताए ।

अब मुलुक विस्तारै विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड-१९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारीसाधन पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्नेगरी तयारी शुरु गर्न पनि मन्त्री भट्टराईले निर्देशन दिए ।

बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पशुपति क्षेत्र विश्वसम्पदामा सूचीकृत भएको हुनाले यो क्षेत्रमा नयाँ संचरना निर्माण गर्दा युनेस्कोको मापदण्डलाई समेत आधार बनाएर गर्नुपर्ने बताए । कोषका सदस्य सचिव डा प्रदीप ढकाल र कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बन्दाबन्दीको समयमा पनि कोषले गरेका कामबारे जानकारी गराउँदै आउने दिन गर्न लागिएका योजनाका सम्बन्धमा बताएका थिए ।

बन्दाबन्दीको अवधिमा कोषले डेक पार्किङ, बेद विद्याश्रम, डिअर पार्क (मृग उद्यान), भण्डारखाल पार्क, बहुद्देश्यीय सभा हल लगायतको निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । बैठकमा ती कामको प्रस्तुतीकरण गरिएको थियो ।

उक्त प्रतिवेदनलाई पनि सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवासहितको सार्वजनिक सुनुवाइ गराएर १५ दिनभित्र मन्त्रालयमा पेस गर्न भनिएको छ । कोषले तयार पारेको कोषको वेबसाइट, फेसबुक, ट्वीटरलगायतका एप्स आगामी साउनको पहिलो सोमबारदेखि सञ्चालनमा ल्याउन पनि मन्त्री भट्टराईले निर्देशन दिए ।

Advertisement

त्यस्तै, आजै मन्त्री भट्टराईले प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयको समेत निरीक्षण गरी नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top