×

NEPAL TIMES UPDATES

Playing
कार्की आयोगको प्रतिवेदन किन लुकाइयो ? काँग्रेसले गर्यो शंका || Nepal Times
Mar 23, 2026
Playing
इरान र साउदीबीचको सम्बन्ध बिग्रियो, देशनिकालादेखि सम्झौता खारेजसम्म || Nepal Times
Mar 23, 2026
Playing
UAE, Kuwait र बहराइनमा नयाँ हम लाको ‘अलर्ट’, Iranमा ‘ब्ल्याकआउट’ || Nepal Times
Mar 23, 2026
Playing
विश्वभर रहेका नागरिकका लागि अमेरिकी एड्भाइजरी जारी || Nepal Times
Mar 23, 2026
Playing
रविलाई प्रधानमन्त्रीले भनिन् ‘ सम्हालिएर अघि बढ्नु’ || Nepal Times
Mar 23, 2026
Playing
फेज–१मा अमेरिका, फेज–२मा इरानको जितः फेज–३ मा तेहरानले घुँडा टेक्ला? || Nepal Times
Mar 22, 2026
Playing
ब्रिटिस एयरवेजमा उडानमै यात्रुको मृ त्यु भएपछि || Nepal Times
Mar 22, 2026
Playing
श्रम संकृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने || Nepal Times
Mar 22, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026

वर्षाका कारण देशका अधिकांश ठुला राजमार्ग अवरुद्ध

२८ असार २०७७

२८ असार, काठमाडौं ।

नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ ।

Advertisement

अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायतका सडक अवरुद्ध रहेका छन् । यीमध्ये अधिकांश सडक गत बिहीबारदेखि परेको नियमित वर्षाका कारण अवरुद्ध बनेका थिए । अरनिको राजमार्गमा लामोसाँघु बाह्रबिसे सडकमा करिब १०० मिटर सडक पूरै सुनकोशी खोलाले बगाएको छ । सो सडक खुल्न कम्तीमा १० दिन लाग्नसक्ने अनुमान गरिएको छ ।

त्यस्तै खग्दोलस्थित १८० मिटर सडक भोटेकोशी खोलाले बगाएको छ । खग्दोल पुलमा माथिबाट आएको पहिराका कारण अवरुद्ध भएको छ । बिहीबार बिहान अवरुद्ध सडक र पुल खुल्न अझै कति दिन लाग्छ भनी यकिन गरिएको छैन । डिभिजन सडक कार्यालय चरिकोटले सो सडकको निरीक्षण गर्न नसकिएको जनाएको छ ।

सोही राजमार्गमा जम्बुस्थित ६० मिटर सडक वर्षाले बगाएको छ भने झ्यालेमा पुल बगाएको छ । चाकुमा १८० मिटर सडक पहिराका कारण अवरुद्ध भएको र डाक्लाङ्गस्थित सडक पहिराका कारण अवरुद्ध रहेको विभागले जानकारी दिएको छ ।

बेनी जोमसोम कोरोला सडकमा म्याग्दीको दाना र गलेश्वर सडक पनि वर्षाका कारण अवरुद्ध भएको छ । सो सडकमा माथिबाट आएको पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको थियो । साँफेबगर–मार्तडी सडकको अम्कोट द्वारी खण्डमा बूढीगङ्गा नदीको बहाव बढ्दा पाँच सय मिटर सडक क्षतिग्रस्त बनेको थियो । अछामको साँफेबगर–मार्तडी सडक बिहीबारदेखि बूढीगङ्गा नदीको बहावका कारण ५०० मिटर सडकमा क्षति पुगेको थियो । बिहीबारदेखि अवरुद्ध सडक खुलाउन नसकिएको विभागले जनाएको छ ।

विभिन्न स्थानका सडक आंशिकरुपमा सञ्चालनमा आएका छन् । महेन्द्र राजमार्गस्थित बाँके भन्सार सडकखण्डमा चपुरदेखि तीन किमी पूर्वजुडवेला कजवेमा अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि अवरुद्ध सडक आज आंशिकरुपमा खुलाइएको छ । सो सडक पूर्णरुपमा खुलाउन कति दिन लाग्छ भनी वर्षामा निर्भर रहने पनि विभागले जनाएको छ । बिपी राजमार्गको नै कमेरेफाँटमा सडक पहिराका कारण अवरुद्ध छ । सो सडकमा रहेको केही पहिरो हटाएर आंशिकरुपमा सञ्चालनमा ल्याइएको छ भने व्याकहोल्डर र टिपरले पहिरो हटाउने काम भइरहेको छ ।

त्यस्तै, कोशी राजमार्गको भेडेटार मूलघाट खण्डमा पनि गर्जुवा खोलामा बाढी आउँदा सडक अवरुद्ध थियो । हाल सो सडक आंशिकरुपमा सञ्चालनमा छ । चन्द्रनिगाहपुर गौर सडकमा निरन्तरत वर्षाका कारण अत्यधिक पानीको बहावले गर्दा सडक अवरुद्ध सडक हाल आंशिकरुपमा सञ्चालनमा छ । विभागले यसअघि अवरुद्ध विभिन्न सडक भने खुलाइसकेको छ । कणाली राजमार्गको राचुली क्षेत्रमा सडक हाल सञ्चालन छ ।

त्यस्तै डिभजन सडक कार्यालय तुम्लिङटारले विभिन्न स्थानमा अवरुद्ध सडक खुलाइसकेको छ । डिभिजन सडक कार्यालय कास्कीले पोखरा भ्यूपोइन्ट नजकै दुई ठाउँमा अवरुद्ध सडक खुलाइसकेको छ । महेन्द्र राजमार्गको नवलपरासीको गैँडाकोट र थुन्सी सडक अवरुद्ध छ । नारायणी पुलबाट छ किमी बुटवलतर्फ डाभर्सन नदीको बाढीले बगाएको थियो ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top