×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

तीन महिनापछि खुलेको भृकुटीमण्डप बजार सुनसान

२८ असार २०७७

२८ असार, काठमाडौँ ।
निम्नवर्गिय समुदायले किनमेल गर्ने बजार भनेर चिनिएको काठमाडौं उपत्यकाको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ । लकडाउनका कारण तीन महिनासम्म बन्द रहको बजार असार १५ गतेदेखि खुलेको हो ।

लकडाउनका कारण चैत महिना यताको भाडा तिर्न नसकिएको र व्यापार नै नभएपछि दैनिकी चलाउन समेत कठिन भएको व्यवसायीहरुले बताएका छन् । करिब १३ सय पसल रहेको यो बजार लुगा, जुत्ताचप्पल इलेक्ट्रोनिक सामान किनमेल गर्नका लागि सजिलो बजार पनि हो । सस्तोमा सामान पाउने भएपछि निम्नवर्गिय समुदायका मानिसहरु किनमेल गर्न जाने यो बजार लकडाउनको तीन महिना बन्द रहेपनि अहिले भने खुलेको छ । भृकुटी मण्डमा व्यापार गर्ने साना व्यवसायीहरुको संगठन काठमाडौं निम्न व्यापारी संघका सहअध्यक्ष चिन्तामणि प्रसाईंले अझैपनि पूर्णरुपमा पसलहरु खुल्न नसकेको बताए ।

Advertisement
Advertisement

लकडाउन सुरु हुनभन्दा अघि नै चैत ७ गते देखि नै बजार बन्द भएकाले कतिपय व्यापारीहरु गृह जिल्ला पुगेकाले अझै केही पसल खुल्न नसकेको प्रसाईंले बताए । उनले सरकारले असार १ गतेदेखि बजार खोल्न दिएपनि भिडभाड हुने बजार भएकाले १५ गतेदेखि मात्रै खोलेको उनले बताए । कोरोना संक्रमणको अवस्थालाई ध्यान दिई विहान १० बजेदेखि साँझ ६ बजे सम्मका लागि बजार खुल्ला गरिएपनि ग्राहक नआएकाले सुनसान रहेको बताए । उनले ग्राहक नभएपनि दैनिकी चलाउन सजिलो हुन्छ की भन्ने आशामा पसल खोलिएको बताए ।

लकडाउन अघि दैनिक १५÷२० हजारको व्यापार हुने गरेकोमा अहिले बोहनी समेत हुननसकेको व्यापारीहरुले बताएका छन् । पसल खोलेको झण्डै १५ दिन भइसक्दा पनि व्यापार हुननसकेको व्यवसायी बोधराज थापाले बताए । उनले जनजीवन सहज नभएसम्म ग्राहक आउने सम्भावना नरहेको बताए ।

Advertisement
Advertisement

भृकुटी मण्डपमा अहिले करिब १३ सय पसल रहेका छन् । प्रत्येक पसलले प्रति स्क्वारफुट महिनाको १४ रुपैयाँका दरले हरेक महिनाको १५ गतेभित्र भाडा तिर्नुपर्छ । लकडाउन पछि खुलेको बजारमा व्यापार नहुँदा भाडा तिर्न समेत पैसा नभएकाले चैत महिना यताको भाडा तिर्न नसकेको व्यवसायीहरु बताउँछन् । उनीहरुले व्यापार नै नभएपछि दैनिक गुजारा चलाउन समेत कठिन भएको बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top