साझा पार्टी भंग गर्ने प्रस्तावसँगै मुमाराम र सूर्यराजले छोडे रवीन्द्रलाई

काठमाडौं : साझा पार्टीको सचिवालय सदस्य मुमाराम खनाल र डा. सूर्यराज आचार्यले पार्टी परित्याग गरेका छन् । पार्टी केन्द्रीय समिति बैठिकमा आइतबार पार्टी भंग गरेर नयाँ संरचना अनुसार अगाडि बढ्नुपर्ने प्रस्ताव राखेसँगै उनीहरुले पार्टी छोडेका हुन् ।

Advertisement

युवा तथा बौद्धिक जमातको बाहुल्य रहेको साझा पार्टीमा आन्तरिक विवाद चर्किएको छ। पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुईजना अगुवा राजनीतिक विश्लेषक खनाल र पूर्वाधार विज्ञ आचार्य साझाबाट अलग भएपछि यसको भविष्य अन्योलमा परेको छ।

पार्टीको संरचना साँघुरो भएको र वैकल्पिक राजनीतिको फराकिलो सोच नभएको भन्दै उनीहरुले आइतबारको केन्द्रीय कमिटिको बैठकमा पार्टीबाट अलग हुने घोषणा गरेका हुन्। वृहत् वैकल्पिक शक्ति निर्माणका लागि अहिलेको पार्टी संरचना साँघुरो भएकोले अलग हुने घोषणा गरेको खनालले अन्‍नपूर्ण अनलाइनसँग बताए। उनले भने, यो क्लबजस्तो साँघुरो स‌ंरचना बनाएर वृहत् वैकल्पिक राजनीतिक अभियान अघि बढाउन सहज नदेखिएपछि हामी अलग भएका हौं।’, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top