संसदीय समितिका माननीय पुरात्वात्तिक सम्पदाहरुको अनुगमनमा

संसदीय समितिका माननीय पुरात्वात्तिक सम्पदाहरुको अनुगमनमा

२९ असार, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पुर्ननिर्माणको क्रममा रहेका पुरात्वात्तिक सम्पदाहरुको स्थलगत अनुगमन गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहजिकरणमा समितिले धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुर्ननिर्माणको अनुगमन गरेको हो ।

अहिले कोरोना संक्रमणको जोखिमकै बीच स्वास्थ्य सुरक्षाका उपाय अपनाएर निर्माण कार्य भइरहेको छ । समिति सभापति कल्याणीकुमारी खड्काले भूकम्प गएको लामो समयसम्म काम हुन नसकेपनि पछिल्लो २ वर्षयता निर्माणको कामले गति लिएको बताइन् । स्थानीय स्तरमा उत्पन्न विभिन्न विवादका कारण सुरुमा निर्माण कार्य ढिलो भएपनि पछिल्लो २ वर्षयता निर्माणे गति लिएको उनले बताइन् ।

पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको काम आगामी २ महिनाभित्र पूरा हुने बताए । धरहरा र काष्ठमण्डपको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको उनले बताए ।

भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुर्ननिर्माणका काम पछिल्लो समय तिव्र गतिमा भइरहेको छ । प्राधिकरणले कोरोना संक्रमणको जोखिमकाबीच विभिन्न स्वास्थ्य मापदण्ड बनाएर निर्माणका कामलाई तिव्रता दिइएको बताएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि केही समय पुर्ननिर्माणको काम रोकिएको थियो । सुरुमा स्थानीय स्तरमा कसरी बनाउने, पहिलो कस्तो थियो अहिले कस्तो बनाउने भन्ने विवादका कारण लामो समय निर्माण सुरु हुन सकेको थिएन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.