×

NEPAL TIMES UPDATES

Playing
UAE, Kuwait र बहराइनमा नयाँ हम लाको ‘अलर्ट’, Iranमा ‘ब्ल्याकआउट’ || Nepal Times
Mar 23, 2026
Playing
विश्वभर रहेका नागरिकका लागि अमेरिकी एड्भाइजरी जारी || Nepal Times
Mar 23, 2026
Playing
रविलाई प्रधानमन्त्रीले भनिन् ‘ सम्हालिएर अघि बढ्नु’ || Nepal Times
Mar 23, 2026
Playing
फेज–१मा अमेरिका, फेज–२मा इरानको जितः फेज–३ मा तेहरानले घुँडा टेक्ला? || Nepal Times
Mar 22, 2026
Playing
ब्रिटिस एयरवेजमा उडानमै यात्रुको मृ त्यु भएपछि || Nepal Times
Mar 22, 2026
Playing
श्रम संकृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने || Nepal Times
Mar 22, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026

राजस्व बुझाएका व्यवसायीहरुलाई काठ ओसार्न दिन सरकारलाई निर्देशन

२९ असार २०७७

२९ असार, काठमाडौँ ।
संसदीय समितिले कानूनी प्रकृया पुरा गरी राजस्व बुझाएका व्यवसायीहरुलाई काठ ओसारपसार र विक्री वितरणका लागि तत्काल छुट पूर्जी दिन सरकारलाई निर्देशन दिएको छ । अनियमितता र बेथिति बढेको भन्दै सरकारले काठ संकलन र ओसारपोसारमा प्रतिवन्ध लगाएपछि समितिले सोमबार यस्तो निर्देशन दिएको हो ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेत लगायतका मन्त्रालयका पदाधिकारीहरुसँगको छलफलपछि संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस्तो निर्देशन दिएको हो । झण्डै साढे २ लाख श्रमिकहरु वनमा आधारित व्यवसायसँग आवद्ध भएकाले उनीहरुका लागि रोजगार सिर्जना गर्न पनि प्रतिवन्ध फुकुवा गर्नुपर्ने समिति सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।

Advertisement

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले वन क्षेत्रमा अनियमितता बढेकोले सरकारले तत्काल काठ ओसार पोसारमा प्रतिवन्ध लगाएको बताए । यद्यपी विकास आयोजनाहरुको हकमा नरोकिएको उनले बताए । चालु आर्थिक वर्षमा अहिलेसम्म १ करोड १४ लाख क्यूफिट काठ उत्पादन भएको उनले बताए । गत आर्थिक वर्षमा १ करोड ९४ लाख क्यू फिट उत्पादन भएको काठ यो वर्ष २ करोड २५ लाख पु¥याउन लक्ष्य भएपनि लकडाउनका कारण समस्या भएको उनले बताए ।

गत जेठ १५ गतेको मन्त्रिपरिषद बैठकले देशभरीका वनक्षेत्रमा साल लगायतका विभिन्न रुखहरु कटान, संकलन, ढुवानी तथा ओसारपसार गर्ने कार्यमा अनियमितता भएको भन्दै रुखहरु कटान संकलन ढुवानी र ओसार पोसारमा रोक लगाउने निर्णय गरेको थियो । त्यसको छानबिनका लागि डा. नेत्रराज तिमिल्सेनाको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयका सहसचिव सिन्धुप्रसाद ढुंगाना, मन्त्रालयका पूर्वसहसचिव अखिलेश्वर कर्ण, कान्तिराज भण्डारी लगायतका पाँच सदस्यीय समिति बनाइएको छ । असार १५ गतेबाट समितिले काम सुरु गरेको छ । समितिले २ महिनाको अध्ययनपछि प्रतिवेदन मन्त्रालयलाई बुझाउने छानबिन समितिका संयोजक तिमिल्सेनाले बताए ।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अनुसार हालसम्म ५ हजारभन्दा बढी वन उद्योगमा निजी क्षेत्रको करिब ८६ अर्ब रुपैयाँ लगानी रहेको छ । करिब २ लाख ५० हजार रोजगारी गुम्न सक्ने र अर्बौंको लगानी जोखिममा रहेको व्यवसायीहरुको भनाई छ ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top