स्वास्थ्य मन्त्रालयलाई नमूना बनाउँछु : स्वास्थ्यमन्त्री ढकाल

२९ असार ७७, मंगलबार

२९ असार, काठमाडाैँ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई पुनर्संचनासहित नमूना बनाउने बताएका छन् । मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड युनियनका प्रतिनिधिसँगको छलफलमा साेमबार मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताए ।

मन्त्री ढकालले हाल मन्त्रालयको नेतृत्व गरेकै कारण विभिन्न स्वार्थ समूहको निशानामा परेको भन्दै त्यसको आफूले दृढतापूर्वक सामना गर्ने बताउँदै नमूना बनाएर सबैले असल मनसायले काम गर्नुपर्ने जनाए । उनले भने“स्वास्थ्यमा आमुल परिवर्तनका लागि कोभिड–१९ ले केही असहजता सिर्जना गरेको भए पनि आफूले स्वास्थ्य मन्त्रालय नमूना बनाएर मात्र अरूलाई हस्तान्तरण गर्नेछु ।”

Advertisement

मन्त्री ढकालले स्वास्थ्यको क्षेत्रमा इतिहासकै सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम आएको भन्दै यसको कार्यान्वयनमा सबै सङ्घसंस्थाले पनि सकारात्मक साथ दिनुपर्ने जनाउँदै मन्त्री ढकालले भने, “परिवर्तन नचाहने मन्त्रालयभित्रै पनि छन्, बाहिर पनि छन् तर म यसपटक यो देशमा स्वास्थ्य मन्त्रालय पनि छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।”

उनले पीसीआरको दायरा नघटाइएको भन्दै अहिले २५ ल्याबबाट दैनिक १० हजारको नमूना परीक्षण गर्नसक्ने गरी क्षमतावृद्धि गरिएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top