कोरोना भाइरसबाट विश्वमा ५ लाख ७५ हजारभन्दा बढीको मृत्यु

३० असार ७७, मंगलबार
Share this
717shares

३० असार, जेनेभा।
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख ७५ हजार ९५५ पुगेको छ । साथै सङ्क्रमणबाट विश्वभर एक करोड ३२ लाख ४२ हजार ६९३ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जनाएको छ ।

Advertisement

कोरोना भाइरसका कारण बिरामी भएका ७७ लाख ९ हजार ९७२ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४९ लाख ५५ हजार १४२ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५९ हजार २०९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख ९७ हजार ४८३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३८ हजार २४७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २९ लाख ३१ हजार ९५९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दक्षिण अमेरिकी राष्ट्रमा एक लाख ६ हजार ४९९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७५ हजार ५९४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । उत्तर अमेरिकामा एक लाख ८७ हजार १२२ जनाको मृत्यु भएको छ । युरोपमा २५ लाख ९३ हजार ५५८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ । एसिया ३० लाख २० हजार ८०२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ७१ हजार ५५५ जनाको मृत्यु भएको छ ।

Advertisement

अफ्रिकामा ६ लाख १४ हजार ४३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १३ हजार ५०४ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।रासस / एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top