×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता

३१ असार २०७७

३१ असार, म्याग्दी ।
बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन्।

गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो। टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए।

Advertisement
Advertisement

साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो। सो टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो। यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरि अवरुद्ध भएको छ।

यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रबार बाढीले बेलिब्रिज बगाएपछि सिधा यातायात बन्द भएको थियो। सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई आवतजावत र ढुवानीमा समस्या भएको छ।

यसैगरी गत शुक्रबारदेखि अवरुद्ध भएको सदरमुकाम बेनीदेखि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरवाङ सडक मङ्गलबार सञ्चालनमा आएको छ। प्रशासन र प्रहरी कार्यालयको पहलमा पूर्वाधार विकास कार्यालय, सम्बन्धित स्थानीय तह र निर्माण व्यवसायीले सडकको पहिरो पन्छाएर सडक खुलाएका हुन्।

बेनी नगरपालिका–४ र मङ्गला–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरो हटाउन बागलुङबाट आएको गण्डकी प्रदेश प्रहरीको विपद् व्यवस्थापन गुल्मको टोलीले काम गरेको थियो। धवलागिरि र मालिका गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा थप जोखिमको अध्ययन र व्यवस्थापनमा सघाउन जान लागेको टोली पहिरो पन्छाउँदै दरवाङ पुगेको छ।

दरवाङदेखि ताकम, बिम र मराङ जोड्ने सडक मर्मतका लागि पनि पहल गरिएको छ। सडक, विद्युत्, सञ्चार सेवा अवरुद्ध हुँदा पहिरो पीडितलाई राहत, व्यवस्थापन र पुनर्वासको काममा अप्ठ्यारो भएको छ। पहिरोको जोखिम अध्ययनका लागि प्रहरीको विपद् व्यवस्थापन टोलीले ड्रोन क्यामेराको समेत सहयोग लिने प्रनाउ कुँवरले बताए।

Advertisement
Advertisement

पहिरो प्रभावितहरुको व्यवस्थापन, बेपत्ताको खोजी र थप क्षतिको अध्ययनका लागि प्रहरी सहायक निरीक्षक सागर रानाको नेतृत्वमा १० जनाको टोली त्यसतर्फ गएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top