×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अख्तियारको नयाँ रेकर्ड, एक वर्षमा चार सय ४० मुद्दा दायर

१ श्रावण २०७७

१ साउन, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७६–७७ मा मुद्दाको संख्यामा नयाँ रेकर्ड बनाएको छ ।

त्यस्तै आयोगले अहिलेसम्मकै हाइप्रोफाइल मुद्दा दायर गरेको छ  । आयोगले यो आवमा चार सय ४० वटा मुद्दा दायर गरेको छ । एक वर्षमा यति धेरै मुद्दा दायर भएको पहिलोपटक हो । यसअघि सबैभन्दा धेरै गत आवमा तीन सय ५१ वटा मुद्दा दायर भएको थियो ।

मुद्दाको संख्यामा यो वर्ष विगतको रेकर्ड तोडिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले बताए । धेरैजसो मुद्दा तल्लो तहका कर्मचारीविरुद्ध छ । केही ठूला मुद्दा पनि आयोगले दायर गरेको छ ।

आयोगले बहुचर्चित बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आफ्नै पूर्वप्रमुख आयुक्त तथा चार पूर्वमन्त्रीविरुद्ध मुद्दा दायर गरेको थियो । यद्यपि सो मुद्दामा आयोगको प्रशंसाभन्दा आलोचना धेरै भयो ।

नेकपाका नेता विष्णु पौडेलका छोरा नवीन तथा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता दिने सर्तमा उनीहरूलाई मुद्दा नचलाउने निर्णय गरिएको थियो । दबाबको भरमा उनीहरूलाई जोगाइएको आरोप आयोगमाथि लागेको छ ।

नवीनकुमार घिमिरे आयोगको प्रमुख आयुक्त भएपछि आयोगको सक्रियता बढेको छ । तर, आयोगको अनुसन्धान तल्लो तहमा मात्र केन्द्रित भएको आरोप लागेको छ । यो अवधिमा आयोगले कुनै पनि नेताविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गर्न सकेको छैन ।

अन्य भ्रष्टाचारमा पनि तल्लो तहका कर्मचारी मात्र छन् । एक वर्षको अवधिमा आयोगले एक सय ६९ वटा सफल स्टिङ अप्रेसन गरेको छ । जसमा दुई सय ५८ जना पक्राउ परेको आयोगले जनाएको छ । पक्राउ पर्नेमा सहसचिव तहका कर्मचारीदेखि जनप्रतिनिधिसम्म छन् ।

कर्मचारीलाई घुस दिनेहरूसमेत स्टिङ अप्रेसनमा परेका छन् । स्टिङ अप्रेसनमा दुई हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्म बरामद भएको छ । जनता मावि धुनषाका शिक्षक महेन्द्र महतो दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

सबैभन्दा धेरै घुस रकमसहित पक्राउ पर्नेमा डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन छन् । उनीहरू २० लाख रुपैयाँसहित २५ मंसिरमा पक्राउ परेका थिए ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी आठ लाख रुपैयाँसहित पक्राउ परेका थिए । रंगेहात पक्राउ पर्नेमा ३६ जना प्रहरी छन् । जसमध्ये चारजना सशस्त्र प्रहरीका छन् । एक वर्षमा तीन इन्स्पेक्टरसमेत रंगेहात पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका जय थापा, कैलालीमा कार्यरत प्रकाशसिंह कार्की र सर्लाहीका इन्स्पेक्टर रामकिशोर शाह पक्राउ परेका थिए । वडा प्रहरी कार्यालय भीमफेदीमा कार्यरत इन्स्पेक्टर रामबालक रायलाई भने प्रहरीले नै घुससहित पक्राउ गरी अख्तियारमा बुझाएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top