निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकोमा आपत्ति

२ साउन ७७, शनिबार

३ साउन, काठमाडौं ।

Advertisement

नेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले आर्थिक सङ्कट परेको भन्दै गत असार ३१ मा अपिल जारी गरी सो घोषणा गरेका थिए ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्तो निर्णय कानूनविपरीत भएको उल्लेख गर्दै विपद्को समयमा श्रमजीवी शिक्षक कर्मचारीलाई थप आवश्यक सहयोग गर्नुपर्नेमा उल्टो बेतलबी बिदा दिइनु अपत्तिजनक भएको जनाएका छन् । थापाले हालसम्मको तलब सुविधा दिन र अनलाइनबाट पठनपाठनलाई नियमितता दिन निजी विद्यालयसँग आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top