×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

नेकपा शीर्ष नेतालाई कार्यकर्ताको आँखासँग आँखा जुधाउन ज्ञवालीको अनुरोध

३ श्रावण २०७७

३ साउन, काठमाडौँ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टी भित्र हाल देखिएको समस्या वैचारिक–राजनीतिक नभई शीर्ष नेतृत्वमा व्यवस्थापनको कमजोरी रहेको बताएका छन् ।

शक्ति संघर्ष लम्बिँदै जाँदा पार्टी फुटको संघारमा पुगेको र समाधानको विकल्प लामो समयसम्म नदेखिएको अवस्थामा स्थायी कमिटि सदस्यसमेत रहेका ज्ञवालीले शनिबार बिहान सामाजिक सञ्जाल मार्फत नेताहरुलाई सम्बोधन गरेको लामो भावनात्मक खुला पत्र सार्वजनिक गरी एकताका लागि आह्वान गरेका हुन् ।

Advertisement
Advertisement

ठूलो संघर्ष र पहलबाट दुई पार्टी एक भएर बनेको नेकपाको एकता जोगाउने मात्रै होइन त्यसलाई थप बलियो बनाएर जनता र देशको पक्षमा काम गर्नु पर्नेमा पार्टी आन्तरिक किचलोमा रुमलिनु उपुयक्त नभएको उनले पत्रमा उल्लेख गरेका छन् ।

शीर्ष नेतृत्वमा देखिएको व्यवस्थापनको समस्या तत्काल समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउनु पर्ने बताएका उनले लेखेका छन्, ‘पार्टी सामु वैचारिक राजनीतिक समस्या छैनन् भन्ने होइन, तर नेतृत्वबिच उत्पन्न असमझदारीले हामीलाई त्यसबारे केन्द्रित हुन या त्यसमा प्रवेश गर्ने मौका नै दिएको छैन ।’

उनले अघि लेखेका छन्, ‘हाम्रा बैठकहरु मुलुकका जल्दाबल्दा समस्याबाट बेखबर, बेपर्वाह या निरपेक्ष रहँदा जनताको खबरखारीको औँला हामीतिर सोझिने स्थिति बनिरहेको छ ।’

नेता ज्ञवालीले अघिल्लो पुस्ताका नेताहरुप्रति उच्च सम्मान रहेको बताउँदै खुला पत्रमा लेखेका छन्, ‘ तपाईँहरुले अगुवाइ गर्नुभएको योगदानको जगमै आजका उपलब्धीहरु उभिएका छन् । पार्टी र राज्यका उच्च ओहदामा तपाईँहरुको अवस्थितिप्रति सहमति छ ।

तर आफ्ना असमझदारीहरुको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको नेतृत्व गर्ने यो दुर्लभ अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने हामीले इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नहरुको सामना गर्न र निर्मम फैसला स्वीकार गर्न वाध्य हुनु पर्ने छ ।’

उनले अघि लेखेका छन्, ‘ यसो भयो भने इतिहासले तपाईँहरुका सामु एउटा नैतिक प्रश्न खडा गर्नेछ, कतै हिजोको तपाईँहरुको बलिदान निश्चित स्वार्थ प्राप्तिका लागि मात्रै त थिएन ?

Advertisement
Advertisement

कुनै पनि निर्णयमा पुग्नु पूर्व कमरेडहरुले एकचोटी आफू उभिएको धरातल, आन्दोलन र राष्ट्रको भविष्य र कमरेडहरुलाई विश्वास गरेर आफ्नो जिन्दगी होम्न तयार कार्यकर्ताको आँखासँग आँखा जुझाउनु हुन अनुरोध छ ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top