सेनाको मेजर भन्दै धम्काउँदै हिड्ने विष्ट पक्राउ

२ साउन ७७, शनिबार

३ साउन, काठमाडौं ।
नेपाली सेनाको मेजर बताउने एक व्यक्ति पक्राउ परेका छन्।

Advertisement

गएराति नेपाली सेनाको मेजर भन्दै धम्काउँदै हिँडिरहेको अवस्थामा सुरेश विष्टलाई महानगरीय प्रहरी वृत्त चापागाउँले पक्राउ गरेको हो। मापसे गरेर चापागाउँ ११ का मानिसलाई धम्काउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक कृष्णराज ओझाले बताए।

उनका अनुसार पक्राउ परेका विष्टले २०६३ सालमा सेनाको सेवा छोडेका छन्। सेनाका बर्दीसहित १ थान कपडा पनि बरामद गरीएको छ। उनलाई हिरासतमा राखी अनुसन्धान गरीराखिएको छ, उनले भने, सेनाको मेजर भनेर ठगी गरेको छ छैन त्यसको अनुसन्धान गरिन्छ।

Advertisement

केही नगरेको भेटिए पनि उनलाई सेनाको कपडा दुरुपयोग गरेको अभियोगमा मुद्दा चलाइन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top